‘‘स्थीर सरकार बनेको अवस्थामा एनआरएनको थप लगानी भित्रिन्छ ’’
एनआरएन आठौं विश्व सम्मेलनका उपाध्यक्ष पदका प्रत्यासी दुई उम्मेदवारले स्थिर सरकार बनेको अवस्थामा गैर आवासीय नेपालीहरुवाट थप लगानी भित्रिने बताएका छन् ।
जर्मनी र बेलायतबाट उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका कुमार पन्त र कुल आचार्यले नेपालीहरुको सिप र आर्जन नेपाल भित्राउन पहल गर्ने बताए । उपाध्यक्षमा दोस्रो कार्यकालका लागि उम्मेदवारी दिएका पन्तले नेपाली दक्ष जनशक्तिको अभाव रहेको बताउदै श्रम बजारमा नेपाली युवाहरुलाई सिप र प्रविधी मार्फत सशक्त बनाउने प्रतिवद्धता राखे ।
लगानीको वातावरण बनिरहेको अवस्थामा भुकम्प र नाकावन्दि वाधक भएको पन्तले बताए । पन्तले भुकम्प कारणले ध्यान अर्को क्षेत्रमा मोड्नु परेकोे बताए । ‘लगानीको क्षेत्रमा फड्को मार्न चाहन्छौं । हरियो पासर्पोट बोकेर विश्व यात्रामा निस्कदा गर्वको महशुस हुने वातावरण निर्माण गर्ने दिशामा केन्द्रित हुन्छौं।’–पन्तले भने । नेपाल आएको सिप पनि लगानी भएको उनले बताए । आगामी कार्यकालमा विश्वभरका नेपाली विज्ञ सम्मेलन गरि स्वदेशको विकासमा टेवा पु–याउने पन्तले आफ्नो प्रतिवद्धता व्यक्त गरे ।
गैर आवासीय नेपाली संघ अन्तर्गतको लगानी तथा पवद्र्धन वोर्डका संयोजक कुल आचार्यले हाइड्रोको क्षेत्रमा गैर आवासीय नेपालीहरुको लगानी उल्लेख्य रहेको बताए । उपाध्यक्षका प्रत्यासी आचार्यले लमजुङमा निमार्णाधिन दोर्दीखोला परियोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको बताए । आचार्यले एनआरएन एक ढिक्का नै रहिरहने विश्वास व्यक्त गरे । भिजन २०–२० अवधारणलाई केहि परिर्माजन सहित सर्वस्विकार्य बनाउने उनले बताए ।
आगामी शनिवार देखि शुरु हुने गैर आवासीय नेपाली संघको आठौं विश्व सम्मेलनमा पन्त र आचार्य उपाध्यक्ष पदका बलियो उम्मृेदवार हुन् । जर्मनीमा होटल व्यवसायमा सफल रहेका पन्त वर्तमान उपाध्यक्ष हुन् । युरोप संयोजकको भुमिका निर्वा गरिसकेका आचार्य बेलायतमा व्यवसाय संचालन गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशिष्ट व्यक्तिलाई उपलब्ध गराइएका सुरक्षाकर्मीहरू बाहेक अन्यलाई फिर्ता बोलाउन गृहको निर्देशन
-
श्रीलङ्काका लागि बीआरआई परियोजना सेतो हात्ती : तलाल रफी
-
मलामी जाँदा भेरीमा डुबेका व्यक्तिको खोजीमा गोताखोर परिचालन
-
असारसम्म आयोजना स्थल नछोड्न आयोजना प्रमुखहरूलाई भौतिक मन्त्रीको निर्देशन
-
उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न संघीय सरकारले मात्रै सक्दैन : अर्थमन्त्री पुन
-
कतार र नेपालबिच धेरै कुरामा समानता देखिन्छ : राजदूत डा. ढकाल