सुन्तला र जुनारमा किराको प्रकोप
ओखलढुंगा–ओखलढुंगाका अधिकांश स्थानमा लगाईएका अमिलो जातका फलफुलका फलभित्र किरा पर्ने समस्याले कृषकहरु मारमा परेका छन् । बिगत १० बर्षदेखि जुनार सन्तोला लगायतका अमिलो जातका फलफुलमा यस्तो समस्या देखापरेपछि कृषकहरु समस्यामा परेका हुन् ।
जुनार,सुन्तला लगाएतका अमिलो जातका फलफूलमा किरा परेपछि लगाउनै छाडेको गाम्नाङटारका कृषक ज्ञानबहादुर बुढाथोकीले बताए । जिल्लाको लिखु, खिजीदेम्वा, मोलुङ्ग गाउँपालीकाको रामपुर प्राप्चा, सिद्धिचरण नगरपालीकाको रुम्जाटार, मानेभञ्ज्याङ्गको उँवु, वाक्सा, मानेभञ्ज्याङ्ग र केतुके लगाएतका स्थानमा यस्तो समस्या देखापरेको कृषि बिकास कार्यालय ओखलढुंगाले जनाएको छ ।
समस्या सामधान गर्न फूल फूल्ने समयमा सबै कृषकहरु चनाखो हुनुपर्ने र फूल फूल्ने समयमा बिसादी प्रयोग गरे केही मात्रामा समाधान हुने कार्यलयका प्राबिधिक सहायक हेम कुमार आले मगरले बताए । ओखलढुंगामा कुल १४५ हेक्टर जमिनमा अमिलो जातका फलफुल लगाइएको भएपनि फलभित्र किरा पर्ने समस्याका कारण कृषकहरुले लगाएका विरुवा समेत मास्न थालेका छन् ।
ब्यवसायीक रुपमा जुनार खेती गर्दै आएका गाम्नाङटारका रामचन्द्र भट्टराईले आँफुले ५ रोपनीमा लगाएका सबै बिरुवाहरु मास्न लागेको बताए । जिल्लामा बर्षिक प्रति रोपनी चार ४ सय केजीका दरले १ हजार १ सय ६० मेट्रिकटन अमिलो जातका फलफुल फल्ने गरेको कृषि बिकास कार्यालयको तथ्याङकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालले विश्व व्यापारमा अपेक्षित लाभ लिन सकेन : मन्त्री भण्डारी
-
चेम्बर सल्लाहकार परिषद्को अध्यक्षमा राजेशकाजी श्रेष्ठ चयन
-
तनहुँका २३ सामुदायिक वनमा आगलागी : सबै नियन्त्रणमा
-
सुदूरपश्चिममा रासायनिक मलको अभाव नहुने
-
कास्कीमा दुर्लभ वन्यजन्तुको मासुसहित एक जना पक्राउ
-
यातायात कार्यालयका कर्मचारीलाई घण्टैपिच्छे हाजिर गर्न दीपक मनाङेको निर्देशन