अधिवक्ता लामिछानेको ‘जरबुट्टा कला’, जसको गरे १० लाखले अवलोकन
काठमाडौं– पेशाले उनी अधिवक्ता हुन् अर्थात् कानुको दफा उपदफा केलाउने । यो पेशामा लागेको ३५ वर्षसम्म उनले धेरैका मुद्धा हेरिसकेका छन् । उमेरले ५५ कटेका उनको परिचयलाई अधिवक्ता भन्दा पनि जरबुट्टा कलाले उच्च बनाईदियो । त्यसपछि अधिवक्ता विश्वम्भर लामिछानेले आफ्नो घरलाई नै सग्राहलय नबनाइ सुखै पाएनन् ।
उनको घरको सुन्दरता र आकर्षण हेर्दा लाग्नसक्छ प्रयोगका लागि भन्दा पनि सजावटका लागि राखिएको हो कि ? सधै रङगरोगनको कमी नहुने उनको घरलाई ‘जरबुट्टा’ कलाले सधै दूलही जस्तै देखाईदिन्छ । घर वरिपरीको जग्गामा पनि जरबुट्टा कला प्रशस्तै छन् ।
विश्वम्भरले यो कला वि.स २०४८ सालबाट सुरु गरेका हुन् । गाँउमा सडक निर्माणका लागि बाटो खन्दा उनले अनौठो किसिमको रुखको जरा भेटे ।
उनले पहिलो पटक जरायोको सिंह र घाँटी सम्मको आकार भेटे । त्यो जरालाई घरमा ल्याएर सफा गरेर राखे । पछि भेटिएका रुखका जराहरु नियालेर हेर्दा कुनै न कुनै जनावर र मान्छेको आकारसंग मिल्दोजुल्दो देख्नथाले । र गाँउमा घरमा पाईने वरपरका सबै जरा जरबुट्टालाई कलामा परिणत गरे । उनले रुखको कुँहिएको जरबुट्टा ओसार्दा देख्नेले अचम्म मान्थे । कँुहिएको जरबुट्टाले आm्नो परिचय बदल्ला भन्ने उनी आफैले पनि सोचेका थिएनन् ।
चर्चामा आउने र नाम कमाउने उनको कुनै पनि उदेश्य होईन । मनप¥यो र घरमा राखेँ । तर विस्तारै जरबुट्टाकला संग्राहलयमा परिवर्तन भयो । सुरुमा भेटिएको जराहरुलाई धोइपखाली राखे भने त्यसपछि अझ राम्रो बनाउनका लागि ‘कलर’ गर्ने निधो गरेँ । केही दिन फर्निचर पसलमा कलर लगाउन सिक्न थाले ।
जिल्ला अदालतको अधिवक्ता कलर लगाउन आफै धाएको देख्दा चिन्नेहरु सबै छक्कपर्थे । र, पनि उनले कलामा कलर भर्ने काम पुरा गरे । ‘कलरले कलालाई झनै चकम दियो ।’ उनि सम्झन्छन् । उनले जरबुट्टा कलामा राष्ट्रिय व्यक्तित्वहरु भानुभक्त,पृथ्वीनारायण शाह,भृकुटी लगायतको आकार पनि दिएका छन् । भन्छन् ‘संग्राहलयमा यस्ता विभिन्न आकारका २ सय ५० प्रकारका कलाहरु छन् ।’
उनको कलाको ७५ वटै जिल्लाको नागरिकले अवलोक गरिसकेका छन् । २५ देखि ३० वटा देशका नागरिकले पनि विश्वम्भरद्धारा निर्मित कला अवलोकन गरिसकेका छन् । जिल्लामा आयोजना गरिने विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय कार्यक्रममा आफ्नो कला प्रदर्शन गर्ने गरेका छन् । विश्वम्भरको संग्राहलयमा दैनिकजसो कला हेर्नेहरुको भिड नै हुन्छ । हेर्नेहरु सबै छक्क पर्छन् ।
जिल्लामा जाने पर्यटकहरुले पनि विश्वम्भरको कलालाई नहेरी फर्कदैनन् । ‘अहिलेसम्म १० लाख भन्दा धेरैले कला अवलोकन गरिसकेका छन् ।
खिलराजरेग्मी देखि विभिन्न विशिष्ट व्यक्तिहरुले पनि कला अवलोकन गर्ने र विश्वम्भरलाई हौसल्ला प्रदान गर्ने गरेका छन् ।’ उनले आफ्नो जरुबुट्टा कला बेच्ने नगरेका पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामुदायिक विद्यालयमा विद्यार्थी बढाउन अङ्ग्रेजी माध्यममा अध्यापन
-
राप्रपाका तीन सांसद इलाम चुनावको प्रचारमा घरदैलो गर्दै
-
‘मुख्यमन्त्री सभाहल’ निर्माण सम्पन्न गर्न १० महिना म्याद थप
-
सङ्घीय संसद्को वेबसाइटमा ह्याकरले लेख्यो– ‘स्टप सपोर्टिङ चाइना’
-
सुदूरपश्चिम प्रदेश : मुख्यमन्त्रीमा दाबी पेस गर्ने आज अन्तिम दिन
-
आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै