बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अधिवक्ता लामिछानेको ‘जरबुट्टा कला’, जसको गरे १० लाखले अवलोकन

बुधबार, २५ असोज २०७४, १७ : ०२
बुधबार, २५ असोज २०७४

काठमाडौं– पेशाले उनी अधिवक्ता हुन् अर्थात् कानुको दफा उपदफा केलाउने । यो पेशामा लागेको ३५ वर्षसम्म उनले धेरैका मुद्धा हेरिसकेका छन् । उमेरले ५५ कटेका उनको परिचयलाई अधिवक्ता भन्दा पनि जरबुट्टा कलाले उच्च बनाईदियो । त्यसपछि अधिवक्ता विश्वम्भर लामिछानेले आफ्नो घरलाई नै सग्राहलय नबनाइ सुखै पाएनन् । 

उनको घरको सुन्दरता र आकर्षण हेर्दा लाग्नसक्छ प्रयोगका लागि भन्दा पनि सजावटका लागि राखिएको हो कि ? सधै रङगरोगनको कमी नहुने उनको घरलाई ‘जरबुट्टा’ कलाले सधै दूलही जस्तै देखाईदिन्छ । घर वरिपरीको जग्गामा पनि जरबुट्टा कला प्रशस्तै छन् । 

विश्वम्भरले यो कला वि.स २०४८ सालबाट सुरु गरेका हुन् । गाँउमा सडक निर्माणका लागि बाटो खन्दा उनले अनौठो किसिमको रुखको जरा भेटे । 
उनले पहिलो पटक जरायोको सिंह र घाँटी सम्मको आकार भेटे । त्यो जरालाई घरमा ल्याएर सफा गरेर राखे । पछि भेटिएका रुखका जराहरु नियालेर हेर्दा कुनै न कुनै जनावर र मान्छेको आकारसंग मिल्दोजुल्दो देख्नथाले । र गाँउमा घरमा पाईने वरपरका सबै जरा जरबुट्टालाई कलामा परिणत गरे । उनले रुखको कुँहिएको जरबुट्टा ओसार्दा देख्नेले अचम्म मान्थे । कँुहिएको जरबुट्टाले आm्नो परिचय बदल्ला भन्ने उनी आफैले पनि सोचेका थिएनन् ।  

चर्चामा आउने र नाम कमाउने उनको कुनै पनि उदेश्य होईन । मनप¥यो र घरमा राखेँ । तर  विस्तारै जरबुट्टाकला संग्राहलयमा परिवर्तन भयो । सुरुमा भेटिएको जराहरुलाई धोइपखाली राखे भने त्यसपछि अझ राम्रो बनाउनका लागि ‘कलर’ गर्ने निधो गरेँ । केही दिन फर्निचर पसलमा कलर लगाउन सिक्न थाले । 

जिल्ला अदालतको अधिवक्ता कलर लगाउन आफै धाएको देख्दा चिन्नेहरु सबै छक्कपर्थे । र, पनि उनले कलामा कलर भर्ने काम पुरा गरे । ‘कलरले कलालाई झनै चकम दियो ।’ उनि सम्झन्छन् ।  उनले जरबुट्टा कलामा राष्ट्रिय व्यक्तित्वहरु भानुभक्त,पृथ्वीनारायण शाह,भृकुटी लगायतको आकार पनि दिएका छन् । भन्छन् ‘संग्राहलयमा यस्ता विभिन्न आकारका २ सय ५० प्रकारका कलाहरु छन् ।’ 

उनको कलाको ७५ वटै जिल्लाको नागरिकले अवलोक गरिसकेका छन् । २५ देखि ३० वटा देशका नागरिकले पनि विश्वम्भरद्धारा निर्मित कला अवलोकन गरिसकेका छन् । जिल्लामा आयोजना गरिने विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय कार्यक्रममा आफ्नो कला प्रदर्शन गर्ने गरेका छन् । विश्वम्भरको संग्राहलयमा दैनिकजसो कला हेर्नेहरुको भिड नै हुन्छ । हेर्नेहरु सबै छक्क पर्छन् । 

जिल्लामा जाने पर्यटकहरुले पनि विश्वम्भरको कलालाई नहेरी फर्कदैनन् । ‘अहिलेसम्म १० लाख भन्दा धेरैले कला अवलोकन गरिसकेका छन् । 
खिलराजरेग्मी देखि विभिन्न विशिष्ट व्यक्तिहरुले पनि कला अवलोकन गर्ने र विश्वम्भरलाई हौसल्ला प्रदान गर्ने गरेका छन् ।’ उनले आफ्नो जरुबुट्टा कला बेच्ने नगरेका पनि बताए । 


  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप