बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

स्मरण शक्ति बढाइदिने भन्दै विद्यार्थीसँग रकम असुलेर कक्षा सञ्चालन

शनिबार, २८ चैत २०७७, ११ : ०६
शनिबार, २८ चैत २०७७

ओखलढुंगामा एक युवाले स्मरण शक्ति बढाउने भन्दै विद्यार्थीसँग रकम असुलेर छुट्टै कक्षा सञ्चालन गरेको पाइएपछि स्थानीय प्रशासन रोक लगाएको छ । सुनसरीको धरान १५ का एलसस गिरीले गैरकानुनी रुपमा विद्यार्थीसँग आफूखुशी पैसा असुलेर स्मरण शक्ति बढाइदिने भन्दै छुट्टै कक्षा सञ्चालन गरेको पाइएपछि स्थानिय प्रशासनले रोक लगाएको हो ।

आफूलाई मेमोरी किङ भनेर चिनाउने गिरीले सदरमुकामका विभिन्न विद्यालयका विद्यार्थीलाई प्रलोभनमा पारेर रकम उठाइ कक्षा सञ्चालन गर्ने गरेको पाइएको छ । उनले विद्यार्थीहरुलाई स्मरण शक्ति बढाउने भन्दै गैरकानुनी रुपमा प्रति विद्यार्थी रु दुई सयका दरले पैसा उठाएका थिए । गिरीले विद्यार्थीहरुलाई काल्पनिक कुरा सिकाउँदै पैसा लिएर विद्यालय बाहिर छुट्टै भेला गराएर कक्षा सञ्चालन गर्ने गरेको विद्यार्थीले बताएका छन् ।

परीक्षणका रुपमा केही दिनअघि विद्यालय पुगेर छुट्टै कक्षा लिएका गिरीले आफूले जस्तोसुकै शब्द तथा वाक्य समेत एकैपटकमा बनाइदिने दावी गर्दै प्रलोभनमा पारेका थिए । विद्यालयको कक्षा कोठा नै रित्तो पारेर विद्यार्थीहरु स्मरण शक्ति बढाउन छुट्टै कक्षामा बस्न थालेपछि विद्यालय सुनसान बनेको छ । तर विद्यालय प्रशासनले भने विद्यार्थीहरु आफूखुशी गएको सगरमाथा जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक डिल्लीराम कार्कीले दाबी गरे । 

जिल्ला सदरमुकामको सगरमाथा जनता माध्यमिक विद्यालय र ओखलढुंगा क्याम्पसका  बिद्यार्थी हरुबाट पैसा उठाएर कक्षा सञ्चालन गरेको पाइएपछि स्थानिय प्रशासनले उक्त पैसा विद्यालयको प्रधानाध्यापकमार्फत फिर्ता गराएको छ । पैसा उठाएर पढाउँदै हिँडेका गिरीले आफुमा गट गिफ्टेट क्षमता रहेको र सोही क्षमता आफ्नो पेशा भएको प्रशासनसँग दाबी गरेका छन् । 

गिरीलाई कानुनी प्रकृया पुरा गरेर कक्षा लिन पाउने र लिएको पैसा फिर्ता दिने सहमतिमा छाडिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप