बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

भोलिदेखि फाखेल सडकखण्ड बन्द हुने

शुक्रबार, २७ चैत २०७७, २० : १५
शुक्रबार, २७ चैत २०७७

मकवानपुर । हेटौँडा–काठमाडौँ जोड्ने छोटो दुरीको भीमफेदी –कुलेखानी सडकखण्डमा भोलिदेखि १ महिनासम्मको लागि यातायात सेवा बन्द हुने बागमती प्रदेश यातायात पूर्वाधार विकास निर्देशनालयले जनाएको छ । 

कुलेखानी देखि हेबी–फाखेल सडकखण्डको पुनः मर्मत सम्हार गर्नको लागि भोलि चैत्र २८ गतेदेखि आगामी बैशाख २८ गतेसम्मको लागि सबै प्रकारको यातायात सेवा बन्द गरिने भएको हो । 
उक्त सडकखण्डको हेबीदेखि फाखेल हुँदै फर्पिङसम्मको सडकको ढलान, ढल निकास र कालोपत्रे गर्ने कार्यको लागि यातायात सेवा बन्द गर्नुपरेको बागमती प्रदेश, यातायात पूर्वाधार निर्देशनालयका प्रमुख निर्देशक डा. सहदेव भण्डारीले रातोपाटीसमक्ष बताए । 

उनको अनुसार काठमाडौँ जिल्ला अन्तरगत रहेको दक्षिणकालिका हुँदै सिस्नेरीतर्फ आउँने सडकखण्डमा भने यातायात संचालन सुचारु भइरहेको छ । 

प्रदेश यातायात पूर्वाधार निर्देशनालयले सम्बन्धित यातायात व्यवसाय, जिल्ला प्रशासन र भौतिक पूर्वाधार मन्त्रालयका पदाधिकारीहरूको आज बसेको संयुक्त बैठकले भोलि हेबी र फाखेल सडकखण्ड बन्द गर्ने भनी सहमतिको साथ निर्णय गरिएको यातायात पूर्वाधार निर्देशनालयका निर्देशक भण्डारीले बताए । 

काठमाडौंको दक्षिणकालिकादेखि सिस्नेरी र कुलेखानीको हेबीसम्म सडकमा ढल निकास र कालो पत्र निर्माण गर्ने प्रयोजनका लागि केही हप्तापछि सिस्नेरी सडकखण्ड पनि बन्द गर्ने सहमति भएको प्रदेश यातायात पूर्वाधार निर्देशनालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप