राष्ट्रव्यापी पावर लिफ्टिङको तयारी पूरा

काठमाडौं । नेपाल पावर लिफ्टिङ संघको आयोजनामा हुने रुप कार्की स्मृति प्रथम नेपाल्स स्ट्रोङगेष्ट राष्ट्रव्यापी पावर लिफ्टिङको तयारी पूरा भएको आयोजक कमिटीका सचिव सुरेश सुवेदीले जनाएको छन् । प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शनिबार हुँदैछ । प्रतियोगितामा ७३ पुरुष र २८ महिला गरी जम्मा १ सय १ खेलाडीको सहभागिता रहनेछ । शुक्रबार खेलाडीको वजन लिनुका साथै खेलाडीलाई नियमका बारेमा पनि जानकारी गराइएको जजेज कमिटीका संयोजक बुद्धि कार्कीले जानकारी गराए ।
पुरुषतर्फ ६, महिलामा २ र पुरुष मास्टर्समा २ गरी जम्मा १० स्पर्धामा प्रतिस्पर्धा हुनेछ । हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः १० हजार, ५ हजार र ३ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । पुरुष र महिलातर्फ प्रत्येक स्पर्धामा पहिलो हुने खेलाडीबीच पुनः प्रतिस्पर्धा गराइ ओभरअल च्याम्पियन पनि घोषणा गरिनेछ । त्यसको विजेताले छुट्टै जनही ५१ हजार नगद पुरस्कार हात पार्ने छन् । अमेरिकामा बस्दै आएका पावर लिफ्टिङका मास्टर्सतर्फका दुई पटकका विश्व च्याम्पियन स्व.कार्कीको स्मृतिमा प्रतियोगिता हुन लागेको हो । नेपालमै रहेका बेला केहि महिनाअघि उनको हृदयघातका कारण निधन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाबाट सुरक्षा ग्यारेन्टी पाइने अपेक्षाबारे यस्तो भन्छन् जेलेन्स्की
-
नेपालमा बीवाईडी हाई–टेक विक सुरु
-
नेपाली कागज बनाउँदै कामदार, तस्बिरहरु
-
कांग्रेस सवा २ करोड नोक्सानमा, घाटाको ब्यालेन्स सिटमा ‘भेट्रान’ व्यवसायीको सिग्नेचर
-
नेपाललाई मानवअधिकार परिषद्को सदस्यमा मत दिन परराष्ट्रमन्त्री राणाको आग्रह
-
राजेन्द्र महतोको प्रश्न: मेरो पीएसओलाई किन फिर्ता बोलाइयो ?