यस्ता छन् मन्त्रिपरिषद बैठकका मुख्य निर्णयहरु
काठमाडौं । मन्त्रिपरिषदको बैठकले राष्ट्रपति चुरे संरक्षण आयोजनामा पर्वत फलेबासका डा.किरण पौडेललाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको छ । हालै बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिएका छन् ।
बैठकले विदेशमा बस्ने नेपालीका लागि नेपाली भाषामा शिक्षण सिकाईका लागि कुनै संस्था वा व्यक्तिले अनुमति मागेमा विदेशमा विद्यालय सञ्चालनका लागि निर्धारित सर्तका आधारमा अनुमति दिने निर्णय गरेको छ । यस्तै त्रिभूवन विश्वविद्यालयको स्वामित्वमा रहेको ६० रोपनी जग्गामा त्रिवि चिकित्सा शिक्षा अध्ययन संस्थान अन्र्तगत नेफ्रोलोजी र यूरोलोजी अध्ययन अध्यापन तालिम र उपचारका लागि भवन बनाउन त्रिविलाई स्वीकृति दिने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा विज्ञापन बोर्डको अध्यक्षमा काभ्रे पनौतिका लक्ष्मण हुमागाँईलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता गुरुङले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका भ्रमण पूरा गरी प्रधानमन्त्री ओली स्वदेश फिर्ता
-
३ वटा गाडीमा पुरिएका ३५ मध्ये १३ जनाको सनाखत
-
ओली आउने भएपछि विमानस्थलका अन्य उडान बन्द
-
पहिरोमा परेर मृत्यु भएका सेनाका कर्णेल केसीको पशुपतिमा अन्त्येष्टि (तस्बिरहरु)
-
‘पानी सलल’ सुवी र मोहनको अभिनय
-
मिर्गौला पीडित वरिष्ठ हवल्दारलाई गौशाला वृत्तको आर्थिक सहयोग