शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बादललाई पनि कारवाही गर्ने माओवादीको तयारी

शुक्रबार, २७ चैत २०७७, १३ : १३
शुक्रबार, २७ चैत २०७७

काठमाडौं । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई कारबाही गर्ने भएको छ । सो पार्टीले राष्ट्रियसभाका सांसद समेत रहेका थापालाई कारवाहीको पत्र तयार गरेको हो ।

पार्टीले आजै सो पत्र  संसद सचिवालयमा दर्ता गराउने तयारी गरेको स्रोतले बताएको छ । यसैगरी अर्का सांसद चन्द्रबहादुर खड्कालाई पनि कारबाहीसहित स्पष्टिकरण माग्ने तयारी माओवादीले गरेको छ । 

यसअघि माओवादी केन्द्रले केपी ओली सरकारमा रहेका चार जना प्रतिनिधिसभाका सांसदलाई पदमुक्त गरेको थियो ।  

यो पनि...


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप