शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जब चोभारमा एक्कासि लाग्यो डढेलो, तस्बिरमा हेर्नुहोस्

शुक्रबार, २७ चैत २०७७, १२ : ०२
शुक्रबार, २७ चैत २०७७

यतिबेला पूरै देश डढेलोबाट आक्रान्त छ । ७७ जिल्लामध्ये अधिकांश जिल्लामा डढेलोको कहर कायम छ । डढेलोकै कारण देशका विभिन्न भागमा वायु प्रदूषण चरम अवस्थामा पुगेको छ ।

शुक्रबार बिहान काठमाडौँको चोभारस्थित जंगलमा डढेलो लागेको छ । जंगलमा एक्कासि जंगलमा आगलागी शुरु भएको स्थानीयहरुको भनाइ छ । बिहान पहिलोपटक लागेको आगोलाई स्थानीय र दमकलको सहायतामा नियन्त्रणमा लिइएको थियो । दमकलले आगो निभाएर हिँडेको केही समयपछि पुनः सोही स्थानमा आगलागी शुरु भएको स्थानीयले जानकारी दिएका छन् ।

पछिल्लोपटक लागेको आगोलाई भने स्थानीय आफैले मिलेर नियन्त्रणमा लिएका छन् । के कारणले आगलागी भएको हो खुल्न सकेको छैन ।

हेरौँ तस्विर :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप