शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सुर्खेतको  सिस्नेरीमा आगलागी, नौ घर जलेर नष्ट

बिहीबार, २६ चैत २०७७, २० : १०
बिहीबार, २६ चैत २०७७

सुर्खेत ।  पश्चिम सुर्खेतको बराहताल गाउँपालिका– २ स्थित सिस्नेरीमा आगलागी हुँदा  नौ वटा  घर जलेर नष्ट भएका छन् । आगलागीबाट नौ वटै फुसका छाना पुर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका  सुचना अधिकारी रामप्रसाद घर्तीले जानकारी दिए । 

सिस्नेरी बस्तीमा  १८ घरधुरी रहेका छन् । उनले भने ,‘आगो सिस्नेरी सामुदायिक वनका लागेको हो । नजिकै बस्ती भएकाले  तत्काल आगो नियन्त्रण गर्न नसक्दा  बस्तीमा आगो पसेको हो ।'

आगो नियन्त्रण गर्न प्रहरी र स्थानीय तत्काल खटिएका थिए। दिउँसो ४ बजे सुरु भएको आगलागी करिब एक–डेढ घण्टापछि नियन्त्रणमा आएको बताइएको छ।  

'आगलागीबाट मानविय क्षती भने केही भएको छैन् ।  क्षतिको विवरण आउन समय लाग्ने छ,’ घर्तीले भने  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप