पत्रकार महासंघ गण्डकी प्रदेशको अध्यक्षमा शर्मा निर्वाचित
पोखरा । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको अध्यक्षमा नारायण प्रसाद शर्मा निर्वाचित भएका छन् बुधबार प्रदेशका ११ जिल्लामा सम्पन्न निर्वाचनमा संयुक्त प्यानलबाट उमेदवार बनेका शर्माले ५३८ मत ल्याएर निर्वाचित भएका हुन् ।
प्रेस चौतारीका तर्फबाट उमेदवार बनेका उनका प्रतिस्पर्धी दिपेन्द्र श्रेष्ठले ४१४ मत ल्याएर पराजित भएका छन् । शर्मा र श्रेष्ठबीचको मतान्तर १२४ रहेको छ । विजयी भएका शर्मा नवलपरासीमा रहेर लामो समयदेखि पत्रकारिता गर्दै आएका छन् । त्यसैगरी शर्मासँग पराजित श्रेष्ठ यसअघि पत्रकार महासंघ कास्कीको अध्यक्ष भएका थिए ।
उनले आफ्नो कार्यकालमा कास्कीबाट विभिन्न चरणमा गरिएका आन्दोलनहरूमा नेतृत्वदायी भुमिका निर्वाह गरेका थिए ।यसैगरी श्रेष्ठकै पहलमा कास्कीमा कार्यरत तीन सय भन्दा बढी पत्रकारको पारिवारीक स्वास्थ्य बिमा गराएर महत्वपूर्ण कार्य गरेका थिए ।
त्यसैगरी महासंघ प्रदेशको खुल्ला उपाध्यक्षमा दिपक भट्टराईले ५२२ मत पाएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी कास्कीका इन्द्र पौडेलले ४०८ मत पाएर पराजय भएका छन् ।
महिला उपाध्यक्षमा सोनी शर्मा (५५२),महासचिवमा गोविन्द सुवेदी (५७३), खुल्ला सचिबमा यदुनाथ बन्जरा (५९२),समावेशी सचिवमा शुशिलबावु श्रेष्ठ (५२४), कोषाध्यक्षमा राजेन्द्र न्यौपाने (४५३),खुल्ला सदस्यहरूमा क्रमश ताराप्रसाद शर्मा (६०९), परशुराम शर्मा आचार्य (६०६),प्रकाश डोटेल(६०५),प्रदिप पौडेल (६६७),रमेश वास्ताकोटी (५३२),लोक बहादुर सुनार (५३४),शुनिल पाण्डे (६२६) मत ल्याएर विजयी भएका छन् ।
त्यस्तै महिला सदस्यहरूमा रञ्जिता शर्मा (५५५),राधिका शर्मा कंडेल(६१८) र रोशनी गुरुङ (५६९) मत पाएर विजयी भएका छन् ।
दलितमा साने बहादुर नेपाली, आदिवासी जनजातिमा रामजी राना र रुद्ध बहादुर थापा,अल्पसंख्यकमा पदम छन्त्याल निर्वाचित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा