८ जिल्लाका सीडीओ फेरिए, अध्यागमनको महानिर्देशकमा भट्टराई

काठमाडौं । गृह–मन्त्रालयले ८ जिल्लाका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आठ जिल्लाका प्रजिअसहित २६ जना सह–सचिव र उप–सचिवको सरुवा गरेका हुन् । अध्यागमन विभागको महानिर्देशकमा नारायणप्रसाद भट्टराईलाई सरुवा गरिएको छ ।
सह–सचिव शिवराम गेलाललाई बाँकेको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ । नवलपरासी पश्चिममा धर्मेन्द्र मिश्रलाई पठाइएको छ । लमजुङको प्रजिअमा होमप्रसाद लुइँटेललाई सरुवा गरिएको छ । बैतडीमा राजेन्द्रदेव पाण्डेलाई पठाइएको छ । राजेन्द्रदेव पाण्डेलाई बैतडीको प्रजिअ, नवराज सापकोटालाई रोल्पा, सुनिल खनाललाई डोटी र भरतमणि पाण्डेलाई मकवानपुरको प्रजिअ तोकिएको छ ।
उप–सचिव रामबहादुर कुरुङवाङलाई ईलाका प्रहरी कार्यालय टिकापुर सरुवा गरिएको छ । गोपालकुमार अधिकारीलाई बाजुरा पठाइएको छ । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा सुशील बैधलाई पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवलपरासीका किसान चैते धान रोप्न व्यस्त
-
विधायन व्यवस्थापन समितिको बैठकमा पानीजहाज विधेयकबारे विज्ञसँग छलफल हुने
-
सनम तेरी कसमको सफलताबारे के भन्छिन् पाकिस्तानी अभिनेत्री ?
-
यात्री झुम्मिने चौखुट्टेका चिया पसल
-
त्रिवि शिक्षण अस्पतालले माग्यो ७ जना क्लिनिकल रजिस्ट्रार (सूचनासहित)
-
सिङ्गापुर र साइप्रसबाट गाउँ फिरेका ध्रुवको रैथाने खेती