बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘धुवाँ धुलो साह्रो भो सास फेर्न गाह्रो भो !’

बिहीबार, २६ चैत २०७७, १६ : १५
बिहीबार, २६ चैत २०७७

काठमाडौं । वातावरण संरक्षण अभियन्ताहरुले काठमाडौँ लगायतका शहरमा अत्याधिक प्रदूषण बढेको भन्दै प्रदर्शन गरेका छन् ।

बिहीबार माइतीघर मण्डलामा भेला भएर उनीहरुले प्रदूषण स्वास्थ्य मापदण्डभन्दा बाहिर गएपनि सरकारले नियन्त्रणमा चासो नदेखाएको भन्दै सडकमै सुतेर प्रदर्शन गरेका हुन् । 

उनीहरुले वायु प्रदूषण बढेकाले स्वास्थ्य संकटकाल घोषणा गर्न समेत माग गरेका छन् । 
सहभागीहरुले ‘राजनीति भन्दा प्रदूषित भयो हाम्रो शहर, संविधानको धारा ३० ले के भन्छ, स्वच्छ वाताबरण दे भन्छ, धुवाँ धुलो साह्रो भो सास फेर्न गाह्रो भो’, लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप