ओली सरकारका चार मन्त्रीको सांसद पद आजबाट औपचारिक रुपमा गुम्ने
बिहीबार, २६ चैत २०७७, १३ : ३४
काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारमा रहेका माओवादी केन्द्रका चार जनाको सांसदको पद आजबाट औपचारिक रुपमा गुम्ने निश्चित भएको छ ।
आज बस्ने प्रतिनिधि सभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले चार मन्त्री सांसद नभएको सूचना सुनाउने तयारी गरेका छन् ।
प्रतिनिधि सभा बैठकअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा माओवादी केन्द्रले मन्त्रीहरु लेखराज भट्ट, प्रभु साह, टोपबहादुर रायमाझी र गौरीशंकर चौधरीलाई पार्टीबाट हटाएको जानकारी गराएको छ । यसअघि ऊर्जामन्त्री रायमाझी, उद्योगमन्त्री भट्ट, श्रममन्त्री चौधरी र सहरी विकास मन्त्री साहलाई सांसद पदबाट हटाउन संसद सचिवालयलाई पत्र पठाएको थियो ।
उनीहरु २०७४ सालको चुनावमा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए । पछिल्लो पटक उनीहरु नेकपा एमालेमा प्रवेश गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सरको फलोअपमा गएका राप्रपा महामन्त्री धवल शमशेर राणाको रिपोर्ट ‘अल क्लियर’
-
संसद्मा प्रधानमन्त्रीले आज गर्ने भनेको सम्बोधन स्थगित
-
गायक सुजनको साथमा पोखरा र धरानमा ‘ऊनको स्वीटर साँझ’ हुने
-
चुनावमा गरेको वाचा बिर्सिएको छैन : अध्यक्ष प्रचण्ड
-
चालु आवमा सप्तरीमा १३ वटा पुल निर्माण
-
‘कोशेढुङ्गा’ १२ भदौबाट प्रदर्शनमा आउने