ललितपुरको सडकमा भेटियो चितुवाको छाला
बिहीबार, २६ चैत २०७७, १२ : ०३

काठमाडौं । ललितपुरको कुसुन्तीमा बेवारिसे अवस्थामा चितुवाको छाला फेला परेको छ । ललितपुर महानगरपालिका–१३ मा जेब्रा झोलामा प्याक गरेर छोडेको अवस्थामा चितुवाको छाला भेटिएको महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्राचार्यले रातोपाटीलाई बताइन् ।
चितुवा शिकार गर्ने समूहले छाला झोलामा छाडेर भागेको सुराक पाएपछि महानगरीय प्रहरी वृत सातदोबाटोबाट खटिएको टोलीले सो सामान बरामद गरेको हो । प्रहरीले बरामद गरेको छाला डिभिजन वन कार्यालय गोदावरीमा बुझाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लमजुङमा १७ आयोजनाबाट विद्युत् उत्पादन
-
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
-
तीन वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण