शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नविन्द्रराज जोशी जनताको सेवामा खटिने निष्ठा र नैतिकताको प्रतीक : नेता पौडेल

बुधबार, २५ चैत २०७७, १९ : १६
बुधबार, २५ चैत २०७७

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नविन्द्रराज जोशीको निधनले नेपाली काँग्रेसलाई ठूलो क्षति पुगेको बताएका छन् । 

नेपाली काँग्रेस काठमाडौं जिल्ला कार्यसमितिले बुधबार स्वर्गीय जोशीको १३ औं पूण्यतिथिका दिन राष्ट्रिय सभागृहमा आयोजना गरेको श्रद्धाञ्जली सभामा बोल्दै पौडेलले कर्म र विचारको संयोग भएका उदीयमान नेताको निधनले काँग्रेसलाई अपुरणीय क्षति भएको बताए ।

उनले भने, ‘नविन्द्रराज जोशीको बारेमा हामी सबैलाई थाहा छ एउटा लोकप्रिय नेता, अत्यन्त लोकप्रिय नेता, विचारवान नेता, विचारशील नेता र कार्मशील नेता, विचार मात्र होइन कर्म र विचार दुईवटैको संयोग, इमान्दारिता मात्र होइन योग्यता र इमान्दारिता दुर्इ वटैको संयोग नविन्द्रराज जोशी एक होनहार, उदीयमान नेता आज नेपाली काँग्रेसले गुमाएको छ । यो घडीमा हामी सम्पूर्ण काँग्रेसजनहरु नेपालका लोकतन्त्रवादीहरु र नविन्द्रजीका सबै शुभचिन्तक, परिवारजन देखि लिएर समस्त नेपालका सचेत नागरिकहरु वास्तवमा यो अभावलाई, उहाँको यो निधनलाई अत्यन्त ठूलो क्षतिको रुपमा लिएका छन सबैले, र लोकतान्त्रिक आन्दोलनको उदीयमान ताराको अस्ताएको छ ।’

नेता जोशीले मन्त्री हुँदा वा लोकतान्त्रिक आन्दोलनको जुनसुकै बेला पनि कसैसँग सम्झौता नगरी लड्दै आएको कुरा पनि वरिष्ठ नेता पौडेलले स्मरण गरे । अनुचित किसिमका सम्झौता जतिसुकै दवाव परेपनि स्वीकार नगरी देश र जनताको सेवामा खटिने निष्ठा र नैतिकताको प्रतीक नविन्द्रराज जोशी रहनुभएको पनि वरिष्ठ नेता पौडेलले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप