
पर्यटक आगमनमा सुधार, ३०३ जनाले लिए हिमाल आरोहणको स्वीकृति

काठमाडौं । कोभिड–१९ पछि पहिलो पटक विदेशी पर्यटक आगमनमा आशालाग्दो सुधार देखिएको छ । अध्यागमन विभागको तथ्यांक अनुसार गत मार्चमा मात्र १४ हजार ९ सय ७७ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । जुन गत वर्षको चैतयताकै सबैभन्दा धेरै हो ।
त्यसो त हिउँदे सिजन अर्थात् हिमाल आरोहणको सिजनकै कारण पनि पछिल्लो समय पर्यटन आगमन बढेको पर्यटन विभागले जनाएको छ ।
विभागका अनुसार सन् २०२१ को हिउँदे सिजन मार्च २ देखि अप्रिल ६ सम्ममा ३०३ जना आरोहीले विभागबाट हिमाल आरोहणको स्वीकृति लिएका छन् ।
कुल ३७ टिममा आएका उनीहरुले विभिन्न समयमा विभिन्न हिमाल आरोहणको स्वीकृति लिएको विभागले जनाएको छ ।
सोबाट मार्चमा मात्र कुल २३ करोड ६३ लाख १ हजार ६९९ रुपैयाँ अर्थात् २ लाख २६ हजार ३ सय अमेरिकी डलर राजस्व संकलन भएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ