बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

किशोरी बलात्कार आरोपमा २ जना पक्राउ

बुधबार, २५ चैत २०७७, १२ : ०४
बुधबार, २५ चैत २०७७

काठमाडौं । बालिका बलात्कार गरेको आरोपमा कपिलवस्तु र झापाबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

१७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा कपिलवस्तु नगरपालिका–५ दलदला बस्ने २८ वर्षीय रतन गिरीलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट कपिलवस्तुबाट खटिएको टोलीले उनलाई मंगलबार साझ पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको टोलीले झापाको मेचीनगर नगरपालिका–७ घर भएका पल्टन टुडुलाई पक्राउ गरेको छ । पल्टनले मेचिनगर–१५ लक्ष्मी डाँडामा १३ किशोरी बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप