फर्निचर उद्योगबाट सामान चोरी गरेको अभियोगमा ४ जना पक्राउ
मोरङको कटहरी गाउँपालिका–१ पाथीभरा पेट्रोलपम्प अगाडी रहेको जय बैष्णु फर्निचर उद्योगबाट विभिन्न सामान चोरी गरेको अभियोगमा ४ जना पक्राउ परेका छन् ।
मंगलबार दिउँसो प्रहरीले विराटनगर महानगरपालिका–८ वलुवाही बस्ने २३ वर्षीय लक्ष्मी यादव, सोही ठाउँ बस्ने २२ वर्षीय अर्जुन मुखिया, २७ वर्षीय धर्मेन्द्र राय र सोही महानगरपालिका–८ विश्वकर्मा चोक बस्ने २२ वर्षीय दिपेश कुमार रायलाई पक्राउ गरेको छ ।
उक्त फर्निचर उद्योगबाट चैत २१ गते फर्निचर बनाउन प्रयोग गरिने रन्दा मेसिन १ थान, हेण्डकटर १ थान, जेक्सो मेसिन १ थान , टिभी १ थान, मोवाईल १ थान, पानी तान्ने मोटर १ थान र विभिन्न हाते औजार चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरुलाई विराटनगर महानगरपालिका-८ बलुवाई स्वागत चोकबाट चोरी गरिएको सामान सहित पक्राउ गरेको हो ।
उनीहरुमाथि चोरी सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालले हङकङविरुद्ध पहिले ब्याटिङ गर्ने
-
म्याग्दीमा टिपर दुर्घटना, एक जनाको मृत्यु
-
'वर्ल्ड प्रेस फोटो अफ द इयर' अवार्ड जित्ने गाजाको फोटोको कथा
-
अब आन्तरिक कलह हट्नुपर्छ : इजरायली प्रधानमन्त्री
-
थाई–म्यान्मार सीमा सहर नजिकै फेरि झडप सुरु
-
सेकेन्ड ह्यान्ड आइफोन किन्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्