शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फेरि कडा रुपमा दीपकराज गिरी, आलोचकलाई यसरी दिए दनक

बुधबार, २५ असोज २०७४, १२ : ५६
बुधबार, २५ असोज २०७४

काठमाडौं –गीत चोरीदेखि विभिन्न विवादमा मुछिएपछि कलाकार दीपकराज गिरीले सामाजिक संजाल फेसबुकमा कडा स्टाटस लेख्न केही कमी गरेका थिए । मंगलबार एक ब्याङ्ग्यात्मक स्टाटस लेख्दै उनले सो क्रममालाई फेरि निरन्तरता दिए । 

मंगलबारको स्टाटसमा उनले चलचित्र ‘छक्का पन्जा ३’को घोषणा गर्दै ‘छक्का पन्जा २’को बारेमा बिभिन्न नराम्रा प्रतिक्रिया दिनेलाई समेत घुमाउरो दनक दिएका थिए । 

आफूले निर्माण गरेका अघिल्ला चलचित्रको गल्ती सुधार्दै दर्शकको प्रतिक्रिया अनुसार अब नयाँ चलचित्र निर्माण गर्ने उनले सो क्रममा उल्लेख गरेका थिए ।
उनको मंगलबार स्टाटस हेर्दा दीपक अब सामाजिक संजालमा कडा रुपमा प्रस्तुत हँुदैनन् भन्ने धेरैको अनुमान थियो । सबैको अनुमानलाई पाखा लगाउदै उनी फेरि सामाजिक संजालमा कडा रुपमा प्रस्तुत भएका छन् । 

आफ्नो निर्माण अभिनय रहेको हाल प्रदर्शनरत चलचित्र ‘छक्का पन्जा २’का बिषय माथि महिला अधिकारमर्कीले टिकाटिप्पणी गरेपछि आज दीपक फेरि सामाजिक संजालमा कडा रुपमा प्रस्तुत भएका हुन् ।

‘म आज लेख्दैछु’ बाट स्टाटस सुरु गरेका दीपकले आफू र आफ्नो चलचित्रको पछि ठुलो समुह लागेको आरोप समेत लगाएका छन् । 
‘हिजो ‘दीपक र दीपालाई चिट्ठी भन्ने शीर्षक’मा पढ्न पाइयो’ दीपकले सुरुमै लेखेका छन् ‘एक त प्रश्न पढ्नै महाभारत थियो, छक्का पन्जाको स्क्रिप्ट भन्दा लामो, चूप लागेर बस्न पनि सकिन्थ्यो तर जिम्मिेवार ब्यक्तिले त्यस्तो गर्नु राम्रो लागेन.... महिलाबादी महिला ज्यू ले चलचित्रमा आपत्ति जनाउनु भो कुनै आश्चर्य लागेन, किनकि एक दिन अघि कानुनबिधले आपत्ति जनाए, त्यो भन्दा अघि कन्सलटेन्सि वाला’ले ।

‘दीपक र दीपालाई सिध्याउन महिलाबादीदेखि बालबालिका र बिदेशमा बसेका समेत सक्रिए रहेको समेत उल्लेख गरेका दीपकले अगाडि लेखेका छन् ‘आफुले चलचित्र मनोरन्जनका लागि बनाएको हो । डलरको खेती गर्ने महिला अधिकारकर्मीले आफ्नो चलचित्र बुझ्न सकेनन् ।’

बिदेशी चलचित्रमा जस्तो पत्र भएपनि मनपराउने ब्यक्तिले आफ्नो चचित्रको बारेमा बिभिन्न प्रतिक्रिया दिनु डाहा गर्नु बाहेक अन्य केही नभएको लेखेका दीपकले स्टाटसमा चलचित्रको मुख्य पात्र महिला भएको र महिलाको वकालत नै चलचित्रले गरेको उल्लेख गरेका छन् ।

आफुले चलचित्र माफर्त संबिधान बनाउने र बम परीक्षण गर्ने काम कुनै नगरेको बताउदै दीपकले मनोरन्जका लागि चलचित्र बनाउनेको पछि लागेर कसैलाई पनि केही नलाग्ने समेत खुलाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप