शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बेलायतमा सोमबारबाट लकडाउन सहज बन्दै, ६० प्रतिशतले लगाए खोप

बुधबार, २५ चैत २०७७, १० : ०४
बुधबार, २५ चैत २०७७

 

लन्डन । आउँदो सोमबारबाट इंग्ल्याण्डमा जारी लकडाउनलाई थप खुकुलो पार्ने प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार दिएको आश्वासनले इंग्ल्याण्डवासी निकै उत्साहित बनेका छन् । बेलायतमा कोरोना संक्रमणको प्रभाव निरन्तर ओरालो लाग्दै गएपछि लकडाउन सहज हुनेमा थप बल पुगेको छ । पछिल्ला केहि दिनयता मृतक संख्या, संक्रमित संख्या र अस्पताल भर्ना हुनेको संख्यामा निरन्तर कमी आएको छ ।

सोमबार सार्वजनिक तथ्यांक अनुसार बितेको २४ घन्टामा २० जना कोरोना संक्रमितको ज्यान गएको  ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ ।

योसँगै कोरोना संक्रमणका कारण बेलायतमा मृत्यु हुनेको संख्या एक लाख २६ हजार ८८२ पुगेको छ ।

यसैगरी बितेको २४ घन्टामा २ हजार तीन सय ७९ नयाँ संक्रमित थपिएका छन् । यससँगै संक्रमितको कुल संख्या ४३ लाख ६४ हजार ५२९ पुगेको छ । गएको केहि दिनयता संक्रमित संख्या तीन हजार भन्दा कम रहँदै आएको छ ।

६० प्रतिशतलाई दिइयो खोपको पहिलो डोज

बेलायतमा ६० प्रतिशत वयस्कलाई खोपको पहिलो डोज दिइसकेको स्वास्थ्यमन्त्री म्याट ह्यान्ककले मंगलबार जानकारी दिएका छन् । यसैगरि १०.४ प्रतिशत वयस्कले खोपको दुवै डोज लगाएको पनि उनले उनले बताए

कोरोना विरुद्धको खोप वितरण कार्य शुरु भएयता तीन करोड ७१ लाख भन्दा बढी डोज खोप वितरण भइसकेको छ ।

स्वास्थ्य विभागद्वारा सार्वजनिक सोमबारसम्मको तथ्यांक अनुसार हालसम्म खोपको पहिलो र दोस्रो गरि तीन करोड ७१ लाख १९ हजार ८३ डोज खोप वितरण भइसकेको छ । ।

तीन करोड १६ लाख २२ हजार ३६७ जनाले खोपको पहिलो डोज लिएका छन् भने ५४ लाख ९६ हजार ७१६ जनाले खोपको दोस्रो डोज लिइसकेको स्वास्थ्य विभागले जनाएको छ ।

अप्रिल १२ बात बेलायतमा लकडाउन खुकुलो

तीन महिना भन्दा लामो समय लकडाउनको मारमा परेका इंग्ल्याण्डवासीले आउँदो सोमबारबाट थप मुक्ति पाउनेछन्  । सोमबार बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले सोमबारबाट लकडाउन सहज हुने र अत्यावश्यकबाहेकका सबै पसल सुचारु हुने बताएका थिए । सोमबारदेखि होटल, रेष्टुरेन्ट, पब, बार, जिमखाना, पार्कहरु, चिडियाखाना, पुस्तकालयहरू लगायतका सबै स्थानहरु संचालनमा आउनेछन् ।  तर, होटल, रेष्टुरेन्ट, पब, बारमा भने आउटडोर सेवामात्र उपलब्ध हुनेछन्  । प्रधानमन्त्रीले आगामी १७ मेमा लकडाउन थप खुकुलो बनाउने क्रममा विदेश यात्रा शुरु हुन सक्ने आशा सरकारको रहेको पनि बताएका छन् । तर, युरोपसहित अन्य देशमा कोरोना भाइरस संक्रमण बढिरहेकाले अन्तर्राष्ट्रिय यात्रा सुचारुको मिति अहिले नै तय गर्न भने धेरै हतार हुने उनको भनाइ थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप