
राइस कुकरमा लुकाएर ल्याएको सुन विमानस्थलबाट बरामद

काठमाडौँ । खाना पकाउने राइस कुकरमा लुकाएर ल्याएको सुन त्रिभुवन विमानस्थल भन्सार कार्यालयले बरामद गरेको छ ।
दुबईबाट आएका धनुषाका प्रगास महराले ल्याएको सुन भन्सार जाँच गर्दा फेला परेको थियो । ८ सय ८४ ग्राम सुनसहित उनलाई पक्राउ गरिएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।
फ्लाई दुबईबाट आएका महराले कुकरको भित्रपट्टि पिँधमा सुन फिट गरेर ल्याएका थिए । कुकर खोलेर हेर्दा पनि लुकाएको पत्ता नलाग्ने गरी फिट गरेको सुन एक्सरे मेसिनमा देखिएपछि विमानस्थलमा खटिएका प्रहरी र भन्सार कर्मचारीले फोडेर हेरेका थिए ।
महरा धनुषाको मिथिला नगरपालिकाका स्थानीय हुन् । कुकर कम्पनीमा नै सो सुन फिट गरेको हुनसक्ने अनुसन्धानमा संलग्न अधिकारीहरु बताउँछन् ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ