ad
केन्द्रीय संस्करण

फोडेनकाे गाेलमा सिटीलाई राहत

person explore access_timeचैत २५, २०७७ chat_bubble_outline0

 

खेलको अन्त्यतिर फिल फोडेनले निर्णायक गोल गरेपछि म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगको क्वाटरफाइनलअन्तर्गत पहिलो लेगमा बोरुसिया डर्टमुण्डलाई २–१ ले हराएको छ । ९० औँ मिनेटमा केभिड डि ब्रुयनाको मिडफिल्डबाट उपलब्ध गराएको उत्कृष्ट क्रसलाई इल्के गुुन्डोगानले टच गरेर फिल फोडेनलाई ब्याक पास दिए । त्यसैलाई फोडेनले गोलमा परिणत गरे । यससँगै इतिहाद रंगशालामा घरेलु टोलीले राहतको सास फे¥यो । 

त्यसअघि ब्रुयना कै गोलमार्फत १९ औं मिनेटमा सिटीले खेलमा अग्रता लिएको थियो ।  तर ८४ औं मिनेटमा इर्लिङ ब्रुट हल्यान्डको पासमा कप्तान मार्को रुएसले बराबरी गोल फर्काएपछि इतिहाद रंगशालामा अन्तिम केही मिनेट सन्नाटा छाएको थियो । यस अवधिमा पेप गार्डीओलाको प्रशिक्षणमा रहेको घरेलु टोली निकै दबाबमा देखिन्थ्यों । 

डर्टमन्ड र सिटीबीच अर्को लेग खेल आगामी साता डर्टमन्डको गृहमैदानमा हुनेछ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.