ad
केन्द्रीय संस्करण

नासाले शेयर गर्‍यो मंगल मिशनको डाटा

person explore access_timeचैत २४, २०७७ chat_bubble_outline0

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले भारत, चीन, युएई तथा युरोपेली अन्तरिक्ष एजेन्सीसँग आफ्नो मंगल ग्रह अभियानको डाटा सेयर गरेको छ । मंगल मिशनमा रहेका यी देशहरुका अन्तरिक्ष यानहरु एक आपसमा नठोक्किउन भन्ने उद्देश्यसहित यो डाटा सेयर गरिएको हो ।

साउथ चाइना मर्निङ पोष्टका अनुसार भारत, चीन, युएई तथा युरोपेली अन्तरिक्ष एजेन्सीका अन्तरिक्ष यानले यस  रातो ग्रहको चक्कर लगाइरहेका छन् । यसकारण यी देशका यानबीच ठोक्करको खतरा कम गर्नका लागि डाटा आदान प्रदान गरिएको हो ।

नासाले पनि आफ्नो एक बयानमा सुरक्षा सुनिश्चित गर्नका लागि भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो), युएई, युरोपेली अन्तरिक्ष एजेन्सी तथा चाइना नेशनल स्पेश एडमिनिष्ट्रेशनका साथ समन्वय गरिरहेको जनाएको छ किनकि यी सबै देशको यान मंगल ग्रहको कक्षमा चक्कर लगाइरहेका छन् ।

भारतको मंगलयान सन् २०१४ देखि मंगलको कक्षमा परिक्रमा गरिरहेको छ । नासाको हालै मंगलमा अवतरण गरेको यान ल्याण्डरले पनि आफ्नो अनुसन्धान कार्य जारी राखेको छ ।

त्यस्तै चीनको यान तियानवेन–१ ले पनि मंगल ग्रहको परिक्रमा गरिरहेको छ । जसलाई मे तथा जुन महिनामा मंगलको सतहमा अवतरण गराउने तयारी भइरहेको छ ।

युएइको मंगल यान होप पनि मंगलको कक्षमा परिक्रमामा छ । तर यो यान भने मंगलको सतहमा उत्रने छैन । युरोपेली अन्तरिक्ष एजेन्सीका दुई यानले पनि मंगलको कक्षमा परिक्रमा गरिरहेका छन् ।

अखबारका अनुसार नासाले चीनसँग डाटा शेयर गर्नका लागि अमेरिकी काँग्रेससँग अनुमति मागेको थियो । तथा चाइना नेशनल स्पेश एडमिनिष्ट्रेशनसँग समेत कुरा गरेको पुष्टि नासाले गरेको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.