अविश्वास प्रस्तावको बखेडा, माओवादीद्वारा प्रदेशसभा बैठक अवरुद्ध
मकवानपुर । बागमती प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले अवरुद्ध गरेको छ । माओवादी केन्द्रले लामो समयपछि सुरु भएको प्रदेशसभा बैठकमा विभिन्न मागहरु राख्दै संसद अवरुद्ध गरेको हो ।
माओवादी केन्द्रले मुख्यमन्त्री डोरमणि पौडेल विरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव विभिन्न बहानामा सरकारले छलफलमा ल्याउन नदिएको, पुस १० गते पश्चात सरकार परिवर्तन भएपछि सत्तापक्षले एकलौटी ढंगबाट नीति तथा कार्यक्रम र बजेट पठाउने गर्ने काम गरेको र सरकारले प्रदेशमा छलफल बिना नै विद्युतीय बस संचालनमा ल्याउन लागेको भन्दै तत्काल त्यस सम्बन्धमा उचित जवाफ माग गर्दै संसद अवरुद्ध गरेको हो ।
बैठकलाई सम्बोधन गर्दै प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जमरकट्टेलले तत्कालिन नेकपाको प्रदेशसभाका बहुसंख्यक सदस्यहरुले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध ल्याएको अविश्वासको प्रस्तावमाथि छलफल गर्ने मौका नै नदिएको आरोप लगाए ।
उनले भने, ‘सभामुख संवैधानिक रुपमा स्वतन्त्र हुनुहुन्छ, तर उहाँलाई पनि सरकारले दबाबमा राख्यो । सो दबाबका कारण सभामुखले अविश्वासको प्रस्तावमाथि छलफल गर्ने वातावरण बनाउन सक्नु भएन ।’
‘प्रदेशसभाको विभिन्न समिति र कार्य परामर्श समितिको बैठकमा पनि प्रमुख प्रतिपक्ष र अन्य दलहरुलाई सूचना नै नगरी एकलौटी ढंगबाट छलफल अगाडि बढाउनु भएका छ यो भन्दा दुःखद क्षण के हुनसक्छ,’ उनले भने ।
उनले सभामुखले तत्काल संसदमा अविश्वासको प्रस्तावलाई छलफलमा ल्याउन माग गर्दै माओवादी केन्द्रले अविश्वास प्रस्ताव फिर्ता नगर्ने र छलफलको निर्णयलाई स्वीकार्न तयार रहेको बताए ।
उनले सरकारले बजेट निकासा र योजनाको बाडफाडमा मनपरी गरेको बताए । एकलौटी ढंगबाट जिल्लामा गरी प्रतिपक्ष दलहरूलाई अत्यन्तै उपेक्षा गरेको उनको भनाइ छ ।
सरकारले एक पक्ष ढंगबाट आफ्नो संसदीय दलको माग अनुसार, प्रदेशको विभिन्न जिल्लामा विद्युतीय बस संचालनको गर्ने प्रकृयामा सरकारले नै बोलपत्र आह्वान गर्नु उपयुक्त नभएकाले बोल पत्रलाई सरकारले तत्काल रद्द गर्नुपर्ने धारणा व्यक्त गरे ।
नेता जम्मकट्टेलले आफ्नो धारणा राखिसकेपछि माओवादी केन्द्रका प्रदेशसभाका सांसदहरुले उठेर बैठक अवरुद्ध गरेका थिए ।
माओवादी केन्द्रका सांसदहरुको अवरोध पछि प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले भोलि चैत्र २५ गते दिउँसो ११ बजे बस्नेगरी बैठक स्थगित गरे ।
प्रदेशसभा बैठक बस्नु अघि आज बिहान बसेको कार्य परामर्श समितिको बैठकले मुख्यमन्त्री पौडेलको विरुद्धमा ल्याएको अविश्वासको प्रस्ताव फिर्ता गरियोस् भनि ल्याएको प्रस्ताव, अर्थ तथा विकास समितिको प्रदेश सार्वजनिक सडक तथा परिवहनसम्बन्धी प्रतिवेदन र भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश पर्यटन विकास सम्बन्धमा बनेको विधेयक प्रस्तुत गर्ने तयारी गरेको थियो ।
माओवादी केन्द्रको अवरोध पछि बैठक अवरुद्ध हुँदा सबै कार्यसूचीहरू स्थगित भएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : अध्याधेशमा राष्ट्रपतिको असन्तुष्टि, मोर्चाबारे अलमलमा झलनाथ
-
‘बाइरो तेस्रो अल ब्रिड च्याम्पियनसिप डग शो’को तयारी पूरा
-
ओलीको आलोचना गर्दा एमालेमा अर्का नेता पनि कारबाहीमा
-
अध्यादेश फिर्ता लिन माग
-
विपिनको रिहाइबारे परराष्ट्रमन्त्रीद्वारा इजरायली विदेशमन्त्रीसँग पनि फोनवार्ता
-
दुर्घटनामा परेर उच्च अदालत पाटनका न्यायाधीश रेग्मी घाइते