ओखलढुंगामा चारजना सवार बोलेरो जीप भीरबाट खस्यो
ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिकामा बोलेरो दुर्घटनामा परेको छ । मंगलबार दिउसो गाउँपालिका ४ केत्तुकेबाट मानेभन्ज्याङ गाउँपालिकाको केन्द्रतर्फ गर्दै गरेको ना १ ज ८३३२ नम्बरको बोलेरो जीप धुसुनेको जंगलमा दुर्घटनामा परेको हो । दुर्घटनामा चालक चारजना गम्भिर घाइते भएका छन् । उनीहरु चारैजना अचेत अवस्थामा छन् । धुसुने जंगलबाट करिब ७ सय मिटर तल भीरमा गएर गाडी अड्किएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ ।
मानिस डोरी बिना उद्धारका लागि जान नसक्ने भिडमा गाडी अड्किएकाले उद्धारमा ढिलाइ भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । हालसम्म सवारी चालक भनिएका सिद्धिचरण नगरपालिका १० बेतिनीका २६ वर्षीय कमल बहादुर थापा र मानेभन्ज्याङ गाउँपालिका ४ का ५ बर्षिय डोल कुमारी मगरलाई उद्धार गरेर अस्पताल ल्याइएको छ ।
उनीहरु दुबै जना अचेत अवस्थामा रहेको र अवस्थामा समेत गम्भिर रहेकाले थप उपचारका लागि काठमाण्डौ पठाउनुपर्ने देखिएको प्रहरी निरिक्षक शिव कट्टेलले जानकारी दिए । जीपमा रहेका अन्य दुईजना मानेभज्याङ ४ ७१ बर्षिय बिना माया मगर र सोही स्थानका टुल्की माया आले मगरको उद्धार कार्य जारी छ । उनीहरु पनि अचेत अवस्थामा रहेको प्रहरीको भनाइ छ । यसअघि तीनजना मृत्यु भएको खबर आएपछि अस्पतालले पुष्टि नगरेकाले अहिले भन्न नमिल्ने प्रहरी निरीक्षक कट्टेलले बताए । उक्त जीप समान लिएर मानेभन्ज्याङ गएको बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिजेल र मट्टितेलको मूल्य बढ्यो, पेट्रोलको स्थिर
-
जलवायु उत्थानशील दिगो विकास हाम्रो प्राथमिकता : वनमन्त्री शाही
-
अनलाइनमा बालयौन दुर्व्यवहारको सामग्री प्रसारण गरेको अभियोगमा पक्राउ
-
‘चाइना कार्ड’ भन्दै प्रचण्डले दिएको अभिव्यक्तिप्रति कूटनीतिज्ञहरूको आपत्ति
-
ललितपुरमा बंगुरमा अफ्रिकन स्वाइन फिबर पुष्टि
-
ओली–प्रचण्डले नियुक्त गर्न नसकेको धितोपत्र बोर्ड अध्यक्ष छनोटको अर्को श्रृंखला