हजुरबुवा रणधीर कपुरले गल्तीले सेयर गरे करिनाका कान्छो छोराको फोटो, केही बेरमै गरे डिलिट
बलिउड स्टार करिना कपुर खान र सैफ अली खान हालै दोस्रोपटक आमा–बुवा बनेका छन् । करिनाले यसै वर्ष फेब्रुअरीमा आफ्नो कान्छो छोरालाई जन्माएका हुन् । तर दुबैले प्रशंसकलाई अहिलेसम्म आफ्नो कान्छो छोराको फोटो सार्वजनिक गरेका छैनन् । करिनाले अन्तरराष्ट्रिय महिला दिवसको मौकामा आफ्नो कान्छो छोरासँग फोटो सेयर त गरेकी थिइन् तर त्यसमा बच्चाको अनुहार देखाइएको थिएन । तर सोमबार करिनाका पिता रणधीर कपुरले सोसल मिडियामा एउटा फोटो सेयर गरेर पुनः डिलिट गरेका छन् । यो फोटो करिनाका कान्छो छोराको हुनसक्ने बताइएको छ ।
सोसल मिडियामा सेयर गरे एउटा फोटो कोलाज
रणधीरले आफ्नो सोसल मिडिया अकाउन्टमा दुईवटा फोटोको एउटा कोलाज सेयर गरेका थिए । यो कोलाजमा एउटा फोटो त तैमुरको थियो र अर्को फोटोमा देखिएका बच्चा पनि तैमुर जस्तै देखिएको थियो । फोटो हेरेपछि प्रशंसकलाई लाग्न थाल्यो कि दोस्रो बच्चा करिनाकै कान्छो छोरा हुन् । यद्यपि, केही समय पछि नै रणधीरले यो फोटो डिलिट गरिदिए ।
तैमुरजस्तै देखिन्छन् करिनाका कान्छो छोराः रणधीर
रणधीरले केही समयअघि एक अन्तरवार्तामा करिनाका कान्छो छोरा ठ्याक्कै आफ्ना दाइ तैमुरजस्तै देखिने बताएका थिए । त्यसैले पनि यो फोटो करिनाका कान्छो छोराको नै हुनसक्ने धेरैले अनुमान गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा