शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

क्यानडामा दशै नाटक मञ्चन

बुधबार, २५ असोज २०७४, ११ : ३७
बुधबार, २५ असोज २०७४

क्यानडा– वडादशैं २०७४ को उपलक्ष्यमा क्यानाडाको एडमन्टनमा सांगितिक कार्यक्रमसहित दशैं नाटक मन्चन गरिएको छ । वी एण्ड द वल्र्ड सेन्टरको आयोजनामा गत सेप्टेम्बर २३ मा भएको कार्यक्रमले नेपालीभाषा, कला, संस्कृतिको सम्बर्धन र संरक्षणमा सहयोग पुग्ने आयोजकले बताएको छ । 

नेपाल र क्यानडाको राष्ट्रियगान गाएर शुरुवात भएको कार्यक्रममा संस्थाका कार्यवाहक अध्यक्ष सर्जु रञ्जितले उपस्थित सहभागिहरुलाई स्वागत गर्दै विजया दशमी २०७४ को शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा नेपालबाट आएका करिब २० जना अभिवावक बुवा÷आमाहरुलाई खादा ओडाएर सम्मान गरिएको थियो ।

 कार्यक्रमको विशेष प्रस्तुतिका रुपमा गुरुकूल नेपालले एड्मन्टनमा पहिलो नेपाली नाटक “जीत हो जिन्दगी” प्रदर्शन गरेको थियो । करिब चालिस मिनेट समयको नाटकको लेखन तथा निर्देशन निश्चल नेपालको रहेको थियो भने शालिग्राम अधिकारीको सह लेखन रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप