मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

पत्रकार महासंघ सुर्खेतको अध्यक्षमा बसेल निर्विरोध

मङ्गलबार, २४ चैत २०७७, ११ : ५५
मङ्गलबार, २४ चैत २०७७

सुर्खेत । नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको अध्यक्षमा ललित बसेल निर्विरोध निर्वाचित भएका छन् । तीन संगठनको सहमतिमा नयाँ नेतृत्वका लागि अध्यक्षमा बसेल निर्विरोध निर्वाचित भएका हुन् ।

बसेल विगत लामो समयदेखि गोरखापत्र दैनिकमा आवद्ध छन् । यस्तै महिला उपाध्यक्षमा सविता जिसी, सचिवमा ललित बुढा, सह–सचिव खुलामा ईश्वर अधिकारी, सह–सचिव समावेशीमा टेकेन्द्र विश्वकर्मा र कोषाध्यक्षमा ललित गाहा पनि निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै दलित सदस्यमा लालसिंह मिजार, महिला सदस्यमा करिश्मा चौधरी र जनजाति सदस्यमा कल्पना ढेंगामगर पनि निर्विरोध निर्वाचित भएका छन् ।

उपाध्यक्ष खुलामा दुई र ८ सदस्यीय खुलातर्फ १० जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा सुदीप पुरी र खगेन्द्र अधिकारीको उम्मेदवारी परेको छ । खुलातर्फ आठ सदस्य पदका लागि १० जनाको उम्मेदवारी परेको छ ।

खुलातर्फ हस्तराज रेग्मी, पुनम विसी, सुशील खड्का, चिन्तामणि कँडेल, टेकराज केशी, पूणर्बहादुर खड्का, विनोद लम्साल, युवराज पंगाली, विवस सेजुवाल र यज्ञ खत्रीको उम्मेदवारी परेका छ ।

नेपाल प्रेस युनियन, नेपाल प्रेस चौतारी र प्रेस संगठनले यही चैत्र २५ गते हुन लागेको निर्वाचनमा सहमतिमा जाने निर्णय गरेका थिए ।

अध्यक्षसहित युनियनले अध्यक्षसहित खुला उपाध्यक्ष, खुला सदस्य दुई तथा मधेसी र दलित सदस्य एक–एक पद लिने सहमति भएको थियो ।

यस्तै, प्रेस चौतारीले सचिव, सह–सचिव, खुला सदस्य दुई, जनजाति, महिला र अन्य सदस्य एक–एक तथा प्रेस संगठन नेपालले महिला उपाध्यक्ष, कोषाध्यक्ष, सह–सचिव समावेशी र खुला सदस्य दुई पद लिने सहमति भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप