मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

अशिस्माले घोषणा गरिन् ‘लाखे भाजु’

बुधबार, २५ असोज २०७४, ११ : २०
बुधबार, २५ असोज २०७४

काठमाडौं – पछिल्लो समय थुप्रै अभिनेत्रीले चलचित्र निर्माण गरेका छन् । अभिनेत्री निर्माता बन्ने भिडमा अर्काे नाम पनि थपिने भएको छ । नाम हो अशिस्मा नकर्मी ।
अशिस्मा नेपाल भाषाको चलचित्रमार्फत निर्माणमा देखिन लागेकी हुन् ।

म्युजिक भिडियो तथा चलचित्रमा बराबर देखिदै आएकी नकर्मीले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्र ‘लाखे भाजु’ घोषणा गरिन् । 

यूवकको प्रेमकथा निर्माण हुने चलचित्र नेवार समुदायको परम्परागत नाच लाखेमा समेत आधारित हुनेछ । चलचित्रको मुख्य भुमिकामा उनी आफै रहने छिन्, भने अन्य

कलाकारमा सोहित मानन्धर, मदनदास श्रेष्ठ, नगिना जोशी, कृष्णभक्त महर्जन लगायत रहने कार्यक्रममा जानकारी दिइयो । 

प्रदीप कुमार उदयको  परिकल्पना र नरेन्द्र महर्जन, गोपालकाजी कायस्थ, चिजकुमार श्रेष्ठ, सुन्दरराज भण्डारी र दीपक श्रेष्ठ निर्माता रहने चलचित्र ५० लाखको लागतमा बन्न बताइएको छ । 

सुशन प्रजापतिको छायांकन, मनराजा नकर्मीको संगीत, खड्ग बहादुर तामाङको नृत्य रहने चलचित्र आर्यम नकर्मीले निर्देशन गर्न लागेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप