अशिस्माले घोषणा गरिन् ‘लाखे भाजु’
काठमाडौं – पछिल्लो समय थुप्रै अभिनेत्रीले चलचित्र निर्माण गरेका छन् । अभिनेत्री निर्माता बन्ने भिडमा अर्काे नाम पनि थपिने भएको छ । नाम हो अशिस्मा नकर्मी ।
अशिस्मा नेपाल भाषाको चलचित्रमार्फत निर्माणमा देखिन लागेकी हुन् ।
म्युजिक भिडियो तथा चलचित्रमा बराबर देखिदै आएकी नकर्मीले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्र ‘लाखे भाजु’ घोषणा गरिन् ।
यूवकको प्रेमकथा निर्माण हुने चलचित्र नेवार समुदायको परम्परागत नाच लाखेमा समेत आधारित हुनेछ । चलचित्रको मुख्य भुमिकामा उनी आफै रहने छिन्, भने अन्य
कलाकारमा सोहित मानन्धर, मदनदास श्रेष्ठ, नगिना जोशी, कृष्णभक्त महर्जन लगायत रहने कार्यक्रममा जानकारी दिइयो ।
प्रदीप कुमार उदयको परिकल्पना र नरेन्द्र महर्जन, गोपालकाजी कायस्थ, चिजकुमार श्रेष्ठ, सुन्दरराज भण्डारी र दीपक श्रेष्ठ निर्माता रहने चलचित्र ५० लाखको लागतमा बन्न बताइएको छ ।
सुशन प्रजापतिको छायांकन, मनराजा नकर्मीको संगीत, खड्ग बहादुर तामाङको नृत्य रहने चलचित्र आर्यम नकर्मीले निर्देशन गर्न लागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वउपराष्ट्रपति पुत्र दीपेशमाथि सीआईबीको ‘निगरानी’
-
गुणस्तरका कारण एसिया र युरोप अमेरिकामा प्रसिद्ध वाईवाई
-
राष्ट्रिय महिला भलिबलमा एपिएफ र पुलिस उपाधिका लागि भिड्ने
-
ऋषिराजको ‘द्रौपदी’ ४४ दिनमा प्याकअप
-
राजनीतिको घुम्तीमा थिचिएका पाँच पात्र
-
अग्नि पीडितलाई राहत उपलब्ध गराउन गृहमन्त्रीसँग सीके राउतको आग्रह