शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बाल कलाकार काजलको सम्झनामा बृहत रक्तदान

बुधबार, २५ असोज २०७४, ११ : १७
बुधबार, २५ असोज २०७४

काठमाडौँ – बाल कलाकार काजल नेपालीको सम्झनामा राजधानीको भृकुटी मण्डपमा खुल्ला रक्तदान गरिएको छ । गत विहिबार अन्तर्राष्ट्रीय मैत्री बाल अस्पतालमा फ्यान्कोनी एनिमिया रोगका कारण निधन भएकी काजलको सम्झनामा रामजी नेपाली फाउन्डेशनले बृहत रक्तदान कार्यक्रम गरेको हो । 

बाल कलाकार काजल नेपालीको आत्मले शान्ति पाओस्, भन्दै तमाम अस्पतालमा रगत नपाएर छट्पटाइ रहेका बिरामीलाई रगत अभाव हुन नदिने उद्देश्यका साथ शोकलाई शक्तिमा बदल्ने कोशिस स्वरुप यो कार्यक्रमको आयोजना गरेको फाउन्डेशनका अध्यक्ष रामजी नेपालीले बताए ।

कार्यक्रममा प्रमुख अतिथि चलचित्र विकास बोर्डका सदस्य उत्तम केसीले छोरी गुमाउनुको पीडासँगै सामाजिक कार्यमा सक्रिय रामजी नेपाली फाउन्डेशनका कार्यको सहराना गरेका थिए । 

उक्त कार्यक्रममा उज्जवल नक्षत्र समाजका कोषाध्यक्ष दृष्टिविहिन शुसिल अधिकारी, चलचित्र पत्रकार संघका उपाध्यक्ष गीता अधिकारी, नायिका सारिका घिमिरे, काजलकी माता तथा वरिष्ठ लोक गायिका कृष्णा परियार, साहित्यकार महेश प्रसाईं, मिलापका कृष्ण भुसाल, सानुकाजी श्रेष्ठ, निर्देशक देव नेपाल, वरिष्ठ नृत्य निर्देश याम गुरुङ, सह निर्देशक किशोर खतिवडा, गीतकार कृष्णराज पाण्डेय, समाजसेवी संजय श्रेष्ठ, लेखक दीपक शर्मा, कलाकार होमलाल पुन, किरण थापा, विमल बर्देवालगायतले आ–आफ्ना भनाई राखेका थिए । 

२०६८ साल देखी म्युजिक भिडियोहरुमा अभिनय यात्रा शुरु गरेकी काजलले पछिल्लो समय कमल खत्री र किशोरा अर्यालको गीत ‘सपना मिठो’मा अभिनय गरेकी थिइन् ।

आउन पाइन घर यो दशैमा, खोला जस्तै हो रे चोला नि, धिङ्का ताका धिन, बैश गयो हासेरलगायत आधा दर्जन म्युजिक भिडियोमा अभिनय गरेकी काजल केहि वर्षदेखी फ्यान्कोनी एनिमिया रोगसँग लडिरहेकी थिइन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप