ad
केन्द्रीय संस्करण

अमेरिका बस्ने विद्यार्थीहरुद्वारा छात्रवृत्ति सहयोग

person explore access_timeचैत २३, २०७७ chat_bubble_outline0

काठमाडौं । अमेरिकामा बस्ने नेपाली विद्यार्थीहरुले काभ्रेपलाञ्चोक जिल्लाको बेथान चोक गाउँपालिकास्थित श्री पार्वती माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि छात्रवृत्ति प्रदान गरेका छन् । क्रिन्जल फाउण्डेसन नेपालले शिक्षा दीक्षा कार्यक्रमअन्तर्गत आइतबार छात्रवृत्ति वितरण गरिएको हो ।

यस कार्यक्रममार्फत विद्यालयको कक्षा १ देखि १० सम्म अध्ययन गर्ने ३१ जना विद्यार्थीको लागि छात्रवृत्ति वितरण गरियो । कक्षा १ देखि ५ सम्म अध्ययन गर्ने विद्यार्थीका लागि प्रति विद्यार्थी पाँच हजार पाँच सय रुपैयाँ, कक्षा ६ देखि ८ सम्म अध्ययन गर्ने विद्यार्थीका लागि प्रति विद्यार्थी आठ हजार दुई सय पचास रुपैयाँ र कक्षा ९ र १० अध्ययन गर्ने विद्यार्थीका लागि प्रति विद्यार्थी ११ हजार रुपैयाँका दरले कुल २ लाख २६ हजार रुपैयाँ रकमको छात्रवृत्ति प्रदान गरिएको हो । छात्रवृत्तिका लागि (हाल अमेरिका बस्ने) क्रिन्जल फाउन्डेसनका निर्देशक क्षितिजराज लोहनीले आर्थिक संकलन गरेका थिए । 

क्रिन्जल फाउन्डेसनका बोर्ड सदस्य तथा आर्थिक संयोजक आरजु लोहनीले आउँदा दिनहरुमा विभिन्न कार्यक्रममार्फत विद्यार्थीहरुलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । कार्यक्रमका बोल्दै बेथान चोक गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले विदेशमा रहेका विद्यार्थीहरुले गरेको  सहयोगबाट प्रेरणा लिएर सदैव आफ्नो शैक्षिक उन्नयनमा लाग्न सम्पूर्ण विद्यार्थीहरुलाई अनुरोध गरे ।

राष्ट्रिय युवा संघ नेपालका सचिवालय सदस्य समुद्र तिमल्सिनाको पहलमार्फत यो छात्रवृत्ति विद्यालयमा भित्रिएको हो । कार्यक्रममा बोल्दै तिमल्सिनाले विद्यालयको शैक्षिक अवस्था सुधारका लागि आफुले निरन्तर पहल गर्ने बताए ।  कार्यक्रमका सभापति तथा विद्यालय व्यावस्थापन समितिका अध्यक्ष भगवान घिमिरे, विद्यालयका प्रधानाध्यापक गोविन्दप्रसाद शर्मा लगायतको उपस्थिति थियो । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.