सिद्धार्थ बैंकद्वारा हेल्प नेपाल नेटवर्कलाई ५ लाख सहयोग
सोमबार, २३ चैत २०७७, १९ : १२
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले दोलखा स्थित राज कुलेश्वर आधारभूत विद्यालयको भवन पुनर्निर्माण गर्नका लागि हेल्प नेपाल नेटवर्कलाई सहयोग स्वरुप ५ लाख प्रदान गरेको छ ।
सो रकम बैंकका हेड अफ सर्कल श्रिनिमा नेपालले हेल्प नेपाल नेटवर्कका अध्यक्ष अरुण सिंह बस्नेतलाई हस्तान्तरण गरे ।
बैंकबाट प्राप्त उक्त रकम हेल्प नेपाल नेटवर्कले २०७२ सालको विनाशकारी भूकम्पले क्षति भएको दोलखाको भिमेश्वर स्थित राज कुलेश्वर आधारभूत विद्यालयको भवन पुनर्निर्माण कार्यको लागि उपयोग गर्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सात जिल्लामा हात्तीपाइले औषधि खुवाइने
-
टोपबहादुर सहितका प्रतिवादीको निवेदनमाथि सुनुवाइ पुरा
-
कृष्ण कँडेलको फेसबुक आइडी ह्याक
-
मुख्यमन्त्री जम्कट्टेललाई एकीकृत समाजवादीको काउन्टर
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छ : अर्थमन्त्री पुन