
पाकिस्तानी दूतावासद्वारा नेपाली विद्यार्थीलाई छात्रवृत्ति हस्तान्तरण

काठमाडौं । नेपालस्थित पाकिस्तानी दूतावासले नेपाली विद्यार्थीहरुलाई छात्रवृत्ति हस्तान्तरण गरेको छ । दूतावासले सोमबार एक कार्यक्रमको आयोजना गरि पाँचसय पचास जना विद्यार्थीहरुलाई छात्रवृत्ति हस्तान्तरण गरेको हो ।
नेपाली सरकारी विद्यालयमा अध्ययन गरिरहेको जेहेन्दार विद्यार्थीहरूप्रति विद्यार्थी १० हजारको दरले छात्रवृत्ति हस्तान्तरण गरिएको छ । विद्यार्थीको पढाइमा सघाउ पुगोस् भनेर दूतावासले हरेक वर्ष छात्रवृत्ति दिँदै आएको छ । कार्यक्रममा राजदूत सैयद हैदर शाहले छात्रवृत्ति सहयोग जस्तो कार्यक्रमले नेपाल र पाकिस्तानी सरकारको सम्बन्ध जनताको तहमा पुग्ने विश्वास लिइएको बताए ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ