ad
केन्द्रीय संस्करण

संसारको पहिलो रोबोम्यान: आधा मानिस, आधा मेशिन

person explore access_timeचैत २३, २०७७ chat_bubble_outline0

प्रविधिको मामिलामा संसार निकै अघि बढिसकेको छ । प्रविधिको सहयोगले वैज्ञानिकले हालै आधा मानिस र आधा रोबोट बनाउन सफल भएका छन् । जसलाई रोबोम्यान नाम दिईएको छ ।

बेलायतका एक वैज्ञानिकले आफूलाई रोबोम्यानको रुपमा बदलेका छन् । उनलाई संसारको पहिलो रोबोम्यान पनि भनिन्छ । उनी डाक्टर पिटर स्कट मोर्गन हुन् । उनी ६२ वर्षका भए । आफूलाई जीवित राख्नका लागि उनले संसारसामु उदाहरण पेश गरेका छन् ।

डाक्टर पिटर मोटर न्युरोन नामक एक घातक बिमारीद्वारा पीडित थिए,  जसका कारण उनका  मांशपेशी काम नलाग्ने भइरहेका  थिए  ।

मोर्गनको शरीरका कैयन अंगले काम गर्न छोडेका थिए । यसका लागि उनले विज्ञानको सहारा लिए । अनि रोबोटिक्सको उपयोग गरेर आफ्नो जीवनलाई एक नयाँ रुप दिए । अहिले पिटर मेशिनको सहायताले ती सबै काम गर्छन् जो एक स्वस्थ व्यक्तिले गर्छन् ।

 पिटरलाई सन् २०१७ मा यो मांशपेशी सम्बन्धी रोग मोटर न्युरोन लागेको जानकारी भयो  । यसपछि सन् २०१९ मा उनले आफूलाई आधा मानव तथा आधा रोबोटको रुपमा परिणत गर्न शुरु गरे । जसका कारण आज उनी जीवित मात्र छैनन् संसारका अगाडि एक उदाहरण समेत बनेका छन् ।

'जीवनमा ज्ञान तथा प्रविधिको सहयोगले धेरै खराब कुरालाई बदल्न सकिन्छ,' मोर्गन  भन्छन् ।  

आधा मानव तथा आधा रोबोट बन्ने समयमा मोर्गनले यस्ता प्रविधि खोजे जुन अविश्वसनीय छ । उनले आर्टिफिसियल इन्टिलिजेन्सको मद्दतले 'बडी ल्याङ्गवेज' बताउने प्रविधिको खोजी गरे । साथै उनले 'आइ–ट्रयाकिङ्ग' प्रविधिको पनि खोजी गरे । यसले कैयन  कम्प्युटरलाई  नियन्त्रण गर्न सक्छ ।

अहिले मोर्गन भेन्टिलटरबाटै सास फेरिरहेका छन् । उनलाई आधा मानव तथा आधा रोबोट बन्ने प्रेरणा भने साइन्स फिक्सन कमिकको क्यारेक्टर साइबोर्गबाट प्राप्त भएको हो । साइबोर्ग आधा मानिस तथा आधा रोबोट हुन्छन् । ६५ वर्षीय आफ्नो श्रीमती फ्रान्सीससँग बस्दै आएका मोर्गन आफ्नो जीवनबाट एकदमै खुशी छन् ।  

स्राेत: www.newscrab.com

 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.