मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, ३ घाइते
हेटौंडा । मकवानपुरको हेटौंडामा दुई वटा मोटरसाइकल एक–आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गतको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१० मेनरोड भटनदेवी मन्दीर मोडमा आइतबार राति दुई वटा मोटरसाइकल आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० बस्ने वर्ष १७ को सगुन रुम्बा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक जयश्वर रिमालले जानकारी दिए ।
हेटौंडाको बुद्ध चोकबाट कर्रातर्फ जाँदै गरेको ना ४९ प ६२२३ नम्बरको मोटरसाइकल र विपरीत दिसाबाट आउँदै गरेको ना ४१ प ६४३६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको थियो ।
दुर्घटनामा घाइते भएकी रुम्बाको उपचारका क्रममा चितवनको पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रवक्ता रिमालले बताए ।
दुर्घटनामा अन्य तिन जना घाइते भएका छन् । घाइते हुनेमा विज्ञान रुम्बा, विजल लामा र विक्रम लामा रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका बिजल र विक्रमको प्रहरीको निगरानीमा हेटौंडा अस्पतालमा उपचार भइरहेको छ भने अर्का सामान्य घाइते विज्ञानलाई भने उपचारपछि प्रहरी नियन्त्रणमा राखिएको छ ।
तीव्र गतिमा रहेको दुबै मोटरसाइकल एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमरजेन्सी विभाग उद्घाटन
-
प्रधानमन्त्रीद्वारा स्वास्थ्य विज्ञान प्रतिष्ठानका भवन उद्घाटन
-
प्रधानमन्त्री ओली पोखरामा
-
संखुवासभाको बाह्रविसे बजारमा आगलागी, ५ वटा घर जलेर नष्ट
-
अध्यादेशमार्फत बजेट निर्माण प्रक्रिया संशोधन, नयाँ क्यालेन्डर लागू
-
मुआब्जा नै नदिई रेल विभागले टेन्डर गरेपछि स्थानीयको विरोध