शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

टी–२० मा पराजित भएपछि भारतीय समर्थकद्वारा अस्ट्रेलियाली टोलीको बसमा आक्रमण

बुधबार, २५ असोज २०७४, ०९ : ५५
बुधबार, २५ असोज २०७४

गुवाहाटी । आसामको राजधानी गुवाहाटी भएको टी–२० खेलपछि बसबाट होटल फर्किरहेको अस्ट्रेलियाली क्रिकेट टोलीमाथि अज्ञात व्यक्तिले ढुंगा प्रहार गरेर आक्रमण गरेको छ ।

यस घटनामा टिम बसको सीसा फुटेको छ । यद्यपि, खेलाडीहरु भने सुरक्षित रहेको बताइएको छ ।

अस्ट्रेलियाका ब्याटसम्यान एरोन फिन्चले ट्वीटरमा फोटो राख्दै यसको जानकारी दिएका हुन् ।

यस घटनालाई लिएर सरकार वा विसीसीआईबाट कुनै प्रतिक्रिया आएको छैन । 

पछिल्लो महिना बंगलादेशमा पनि अस्ट्रेलियाली टोलीमाथि यस्तै आक्रमण भएको थियो ।

कुनै क्रिकेट प्रेमीले भारतीय टीमको हारको बदला लिन यस्तो कदम उठाएको हुन सक्ने अनुमान गरिएको छ ।

गुवाहाटीमा भएको टी–२० सिरिजको दोस्रो खेलमा अस्ट्रेलियाले भारतलाई ८ विकेटले हराउँदै श्रृंखला बराबरी गरेको थियो ।

यति मात्र होइन अस्ट्रेलियाले भारतसँग लगातार सात खेलमा हार बेहोर्ने श्रृंखलाको पनि अन्त्य गरेको छ ।

भारतले प्रस्तुत गरेको ११९ रनको लक्ष्य अस्ट्रेलियाले मात्र १५.३ ओभरमा २ विकेट गुमाएर उक्त लक्ष्य पछ्यायो ।

भारतलाई सस्तोमा समेट्न म्यान अफ द म्यच जेसन बेह्रेन्ड्रोफ नायक रहे । उनले ४ ओभरमा मात्र २१ रन खर्चेर ४ विकेट लिए भने एडम जाम्पाले दुई विकेट लिए ।

जवाफी ब्याटिङमा मोसेज हेनरिक्सले नटआउट रहँदै ६२ तथा ट्राभिस हेडले ४८ रनको योगदान दिए ।

अब अन्तिम खेल शुक्रबार हैदरावादमा हुनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप