शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पोर्चुगल र फ्रान्स विश्वकपमा, नेदरल्याण्ड पुग्न सकेन

बुधबार, २५ असोज २०७४, ०९ : ३०
बुधबार, २५ असोज २०७४

लिसबन । युरोपियन च्याम्पियन पोर्चुगलले स्वीटजरल्याण्डलाई पराजित गर्दै सन् २०१८ को विश्वकपका लागि छनौट भएको छ ।

स्वीटजरल्याण्डविरुद्ध २–० को जीत निकाल्दै युरोपियन छनौटको समूह बीको विजेताको रुपमा पोर्चुगलले विश्वकपमा स्थान सुरक्षित गरेको हो ।

खेलमा बराबरी वा हार गरेको भए पोर्चुगल प्लेअफ खेल्न बाध्य हुन्थ्यो । तर, जोहान जोरोउको आत्मघाती गोल तथा आन्द्रे सिल्भाको गोलको मद्दतले पोर्चुगल विजयी भएको थियो ।

उता, फ्रान्सले बेलारुसलाई २–१ गोलअन्तरले हराउँदै समूह एको विजेता बन्दै विश्वकपमा प्रवेश गरेको छ । 

नेदरल्याण्डसँग २–० गोलअन्तरले पराजित भए पनि स्वीडेनले प्लेअफका लागि स्थान बनाएको छ ।

सन् २०१४ को विश्वकपमा तेस्रो भएको नेदरल्याण्ड भने विश्वकप खेल्नबाट बञ्चित बनेको छ ।

विश्वपमा छनौट हुनका लागि हिजोको खेलमा डच टोलीले स्वीडेनलाई ७–० गोलअन्तरले पराजित गर्नुपर्ने थियो ।

आयर्न रोबेनले पहिलो हाफमा दुई गोल गरे पनि त्यो पर्याप्त भएन ।

समूह एचमा ग्रीसले गिब्राल्टारलाई ४–० गोलअन्तरले पराजित गर्दै प्लेअफमा आफ्नो स्थान सुरक्षित गर्यो ।

समूहबाट यसअघि नै छनौट भइसकेको बेल्जियमले साइप्रसलाई ४–० गोलअन्तरले पराजित गर्यो ।

युरोपबाट हालसम्म फ्रान्स, पोर्चुगल, जर्मनी, सर्बिया, पोल्याण्ड, इंग्ल्याण्ड, स्पेन, बेल्जियम र आइसल्याण्ड विश्वकपमा छनौट भएको छ ।

त्यस्तै, युरोपबाट बाँकी चार स्थानका लागि स्वीडेन, स्वीटजरल्याण्ड, उत्तरी आयरल्याण्ड, रिपब्लिक अफ आयरल्याण्ड, डेनमार्क, इटाली, ग्रिस र क्रोएसियाले प्लेअफ खेल खेल्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप