मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सुर्खेतको काँक्रेबिहार क्षेत्रमा भीषण आगलागी

शनिबार, २१ चैत २०७७, १६ : ५४
शनिबार, २१ चैत २०७७

सुर्खेत ।  सुर्खेतको वीरेन्द्र नगरस्थित काँक्रेविहार संरक्षित क्षेत्रमा भीषण आगलागी भएको छ ।  
आगलागी दिउँसो करिब १ बजेदेखि शुरु भएको स्थानीयले बताएका छन् । 

तर, हाल सम्म पनि आगो नियन्त्रणमा कुनै निकाय पुग्न सकिरहेको छैन् । 
आगलागी भएदेखि स्थानीयले पटक–पटक स्थानीय प्रशासनलाई जानकारी गराएको भएपनि स्थानीय प्रशासनले खासै चासो नदिएको स्थानीय नविना श्रेष्ठले जानकारी दिइन्। 

 आगलागी हुँदा काँक्रेविहार क्षेत्रमा रहेका जनावरहरुको भागाभाग भएको छ।  
भर्खरै नेपाली सेना त्यहाँ पुगेकाले स्थानीय र नेपाली सेना आगो नियन्त्रणमा लागिरहेको बताइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप