आइतबार, ०४ कात्तिक २०८१
ताजा लोकप्रिय

बाबुरामद्वारा काँग्रेस बैठकको निर्णयको प्रशंसा

शनिबार, २१ चैत २०७७, १० : ४२
शनिबार, २१ चैत २०७७

काठमाडौं ।  जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले वैकल्पिक सरकार बनाउन अग्रसरता दिने काँग्रेसको निर्णय सह्रानीय भएको प्रतिक्रिया दिएका छन् । 

शुक्रबार काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री केपी ओलीको राजीनामा माग्दै वैकल्पिक सरकार निर्माणका लागि अग्रसर हुने निर्णय लिएको थियो । शनिबार विहान पूर्वप्रधानमन्त्री समेत रहको भट्टराईले ट्वीटमार्फत प्रतिपक्षीय धर्म निभाउने काँग्रेसको संकेत सह्रानीय भएको बताए ।

‘अन्ततः प्रमुख प्रतिपक्षी काँग्रेसको प्रतिपक्षीय धर्म निभाउने संकेत सर्हानीय छ । अरू प्रतिपक्षी दलले पनि आफ्नो कर्तव्य नभुलौं,’ उनको ट्वीटरमा उल्लेख छ ।

यस्तै, भट्टराईले आआफ्ना दलका फरक एजेण्डा भए प्रधानमन्त्रीबाट ओलीको विदाइ  मुख्य प्रथमिकतका भएको बताए ।

 

आ–आफ्ना दलका फरक एजेण्डा हुन्छन् तर ती सबै भन्दामाथि देश,जनता र लोकतन्त्रको आवस्यकतारप्रथमिकता हुन्छ। आजको दिनमा मुख्य प्राथमिकता भष्मासुर ओलीको विदाइ नै हो है, उनले भने ।

जसपाले निलम्बित सांसद रेशम चौधरीलगायतका मधेस–थरुहट आन्दोलनका बन्दीहरुको रिहाइ, मुद्दा फिर्ता, नागरिकता र संविधान संशोधनको विषय सत्ता सहकार्यको सर्त बनाएका बेला भट्टराईको यस्तो भनाइ आएको हो । प्रधानमन्त्री ओलीको विकल्प खोज्ने विषयमा जसपामा दुई धार छ ।

अध्यक्ष उपेन्द्र यादव र भट्टराई ओलीको विकल्पमा जोड दिइरहेका छन् भने अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो आफ्ना माग सम्बोधन भए ओलीसँग सहकार्य गर्न तयार देखिन्छ । काँग्रेसको निर्णयपछि अब जसपाले पनि विपक्षी पार्टीका रुपमा ओलीको विकल्पमा उभिने संस्थागत निर्णय लिनुपर्ने भट्टराईको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप