दाङ दुर्घटनामा मृत्यु भएका दुई जनाको सनाखत
शनिबार, २१ चैत २०७७, ०८ : ३१
![दाङ दुर्घटनामा मृत्यु भएका दुई जनाको सनाखत](https://rpcdn.ratopati.com/media/albums/accident_logo_7sWbIbmUWw.jpg)
यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु भएका दुईजनाको सनाखत भएको छ ।
मृत्यु हुनेमा लमही नगरपालिका–९ पैतेका २९ वर्षीय अतिराम चौधरी र बुटवल सैनामैनाका यादव खनाल रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक गणेश चन्दले जानकारी दिए ।
दाङको तुलसीपुरदेखि भालुवाङतर्फ जाँदै गरेको लु१ख ९८६३ नम्बरको यात्रुबस बस लमही–घोराही सडकखण्डको मुसोट नजिकै शुक्रबार बेलुका दुर्घटना हुँदा २९ जना यात्रु घाइते भएका थिए ।
घाइते भएकामध्ये छ मध्यम, दुई गम्भीर घाइते भएको र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
दुईजनालाई गए राति नै थप उपचारको लागि कोहलपुर शिक्षण अस्पतालमा पठाइएको छ भने छ जनाको लमही अस्पतालमा उपचार भइरहेको छ ।
अन्य घाइते उपचारपछि घर फर्किसकेका छन् । बस बे्रक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ओई माया ओई’मा श्रीदेव र अनामिकाको प्रेमकथा
-
यूएसएड बन्द हुँदा विश्वभर कहाँकहाँ पर्छ प्रभाव ?
-
उपत्यकामा १ जना प्रहरीको काँधमा २८५ नागरिकको सुरक्षा जिम्मेवारी
-
अध्यादेश पेस नभइ सकियो राष्ट्रियसभा बैठक, आइतबार फेरि बस्ने
-
सत्येन्द्र र नेहामाथिको अत्याचारका विरुद्ध प्रदर्शन, तस्बिरहरु
-
नेसपा (नयाँ शक्ति)को भावी नेतृत्वमा बाबुराम निर्विकल्प !