कञ्चनपुरमा जलेर वृद्धाको मृत्यु
शुक्रबार, २० चैत २०७७, २२ : ४६
कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका– १ मा जलेर एक वृद्धाको मृत्यु भएको छ । घरको पालीमा सुतिरहेको बेला छेउमै बालेको आगो सल्किएर ६८ वर्षीया सोमती रानाको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए ।
‘वृद्धा जलेको जनप्रतिनिधिले खबर गरेपछि घटनास्थल प्रहरी पुगेको थियो ।’ उनले भने, ‘वृद्धाको शव परीक्षणपछि आफन्तको जिम्मा लगाइसकेका छौं ।’