बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

चुम्बन पछाडिको रोचक वैज्ञानिक रहस्य

शुक्रबार, २० चैत २०७७, १७ : ०५
शुक्रबार, २० चैत २०७७

चुम्बनको पछाडि पनि एउटा विज्ञान लुकेको छ । वैज्ञानिकका अनुसार १० सेकेन्डको एउटा चुम्बनमा ८ करोड ब्याक्टेरिया एकआपसमा शेयर हुन्छन् । विज्ञान भन्छ, यसका कैयौं फाइदा छन् भने यसका नोक्सान पनि छन् ।

चुम्बनले यति धेरै ब्याक्टेरियाको आदान प्रदान भए पनि हात मिलाउँदा भने बिमारी हुने सम्भावना बढी हुन्छ । चुम्बनमा यति धेरै ब्याक्टेरिया आदान प्रदान भए पनि यो युगल जोडीका लागि फाइदाजनक नै छ ।

प्रेमको स्पर्श नै ओठबाट हुन्छ । बच्चा बेलामा आमाको दूध पिउँदा जसरी ओठको प्रयोग हुन्छ त्यो पनि चुम्बनसँग निकै मिल्दोजुल्दो हुन्छ  ।

यसले बच्चाको दिमागमा नसाको बाटो बनाउँछ जसले मनमा सकारात्मक भावना पैदा गर्छ ।

ओठ मानिसमा देखिने सबैभन्दा कामुकता जगाउने अंग हो । ओठमा अत्यधिक संवेदनशील नसा हुन्छन जसका कारण ओठमा छुने बित्तिकै हाम्रो दिमागमा संकेत जाने गर्छ । र, यसले हामीमा सकारात्मक भावना  उत्पन्न गर्छ ।

चुम्बनले हाम्रो दिमागको एउटा ठूलो हिस्सालाई सक्रिय बनाउँछ । यसले सक्रिय भएर काम गर्न थाल्छ । दिमागले अब के हुन्छ भन्ने सोच्न थाल्छ । यसका कारण  हाम्रो शरीरको हार्मोन तथा न्यूरोट्रान्समिटर वृत्तमा  घुम्न थाल्छ । जसले गर्दा हाम्रो सोच तथा भावनामा प्रभाव पार्न थाल्छ ।

चुम्बनको समयमा जब दुई ओठ मिल्छ त्यसबेला ९ मिलिग्राम पानी, .७, मिलिग्राम प्रोटिन, .१८  मिलीग्राम अर्गानिक कम्पाउन्ड्स, .71 मिलिग्राम फरक किसिमका फ्याट तथा .45 मिलिग्राम सोडियम क्लोराइडको आदान प्रदान हुन्छ । चुम्बनले 'क्यालोरी बर्न' गर्ने काम पनि गर्छ । चुम्बन गर्ने जोडीले प्रतिमिनेट २ देखि २६ क्यालोरी खर्च गर्छन् । र, यो सुखद अनुभव गर्न ३० विभिन्न प्रकारका मांसपेशीको प्रयोग हुन्छ ।

सन् २०१५ मा भएको एउटा अध्ययन अनुसार १६८ संस्कृति मध्ये आधा भन्दा कम संस्कृतिमा मात्र ओठको चुम्बनलाई स्वीकार गरिएको छ । चुम्बनको इतिहास २००० वर्ष पुरानो भएको मानिन्छ ।

सम्बन्ध बलियो बनाउन, तनाव कम गराउन तथा शरीरको 'मेटाबोलिजम' लाई बढाउन पनि चुम्बनलाई राम्रो मानिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप