ad
केन्द्रीय संस्करण
स्वास्थ्य मन्त्रालयको प्रष्टोक्ति

‘सोचेअनुसार खोप पाउन सकिएको छैन, चीनबाट आएको फरक छ’

अघिल्लो महामारीबाट सिकेका कुरालाई संस्थागत गर्छौं : डा. समीरकुमार अधिकारी

person explore access_timeचैत २०, २०७७ chat_bubble_outline0



भारतमा कोरोना भाइरस कोभिड–१९ संक्रमणको दोस्रो लहर फैलिएको छ । नेपाल–भारत सीमा हुँदै नेपाल प्रवेश गर्ने क्रम जारी छ । नेपालमा पनि केही दिनयता संक्रमण दर बढिरहेको छ । नेपालमा कोरोना संक्रमण फैलन नदिनका लागि सरकारको तयारी फितलो भएको भनेर जनस्वास्थ्यविद्हरुले गुनासो गर्दै आइरहेका छन् ।

के नेपालले कोरोना महामारी नियन्त्रण गर्ने कार्यमा पहिलेकै गल्ती दोहाेर्याउँदैछ त ? कोरोना रोकथामका लागि सरकारको तयारी के–कस्ता छन् ? अनि, पहिलो डोज खोप लगाएकाहरुले कहिलेदेखि दोस्रो डोज लगाउन पाउँछन् ? आम नागरिकहरुमा उठिरहेका यिनै प्रश्नबारे सरकारको धारणा बुझ्न रातोपाटी डटकमले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीसँग कुराकानी गरेको छ ।

डा. अधिकारीले संक्रमणको दोस्रो लहरबारे सरकार सजग रहेको र विगतका कमजोरीहरुबाट पाठ सिकेर अघि बढिरहेको दाबी गरे । उनले पहिलो डोज खोप लगाएकाहरुलाई दोस्रो डोज दिनका लागि नेपालले सोचे अनुसार खोप प्राप्त गर्न नसकेको तर, झिकाउने प्रयास भइरहेको बताए ।

पहिले लगाइएको कोभिशिल्ड खोप र अहिले चीनबाट आएको खोप फरक भएको बताउँदै डा. अधिकारीले भने, ‘नेपालले यसअघि दिएको कोभिशिल्ड खोप र चीनबाट आएको भेरोसेल खोप फरक छ, सबैलाई पुग्ने गरेर खोप छैन । यी सबै कुरालाई हेरेर तयारी भइरहेको छ ।’

प्रस्तुत छ, मन्त्रालयका प्रवक्ता डा. अधिकारीसँग गरिएको कुराकानीको सम्पादित अंश–

चीनबाट अनुदानमा प्राप्त भेरोसेल खोप दिने अभियान कहिलेबाट सुरु हुन्छ ? पहिलो डोज खोप लगाएकाहरुले दोस्रो डोज कहिलेदेखि पाउँछन् ?

कोभिशिल्ड खोप १७ लाख ५७ हजार बढीले पहिलो डोज लगाइसकेका छन् । दोस्रो डोजका लागि आवश्यक तयारी भइरहेको छ । खोपको उत्पादन कम र माग बढी भएकाले सोचेअनुसारको खोप नेपालले प्राप्त गर्न सकेको छैन । त्यसमा पनि विभिन्न विधि प्रक्रियाबाट सरकारले पहल गरिरहेको छ ।

छिमेकी मुलुक चीनबाट प्राप्त ८ लाख जोड खोप नेपालमा आइपुगेको छ । त्यस खोपलाई कसरी प्रयोग गर्ने भन्ने कुराको तयारी मन्त्रालयले गरिहेको छ । खोप आएको धेरै समय भएको छैन । विश्व बजारमा खोपको अभाव भइसकेपछि प्राप्त खोप मन्त्रालयले कहिलेदेखि लगाउन सुरु गर्छ भन्ने चासो सबैमा छ ।

नेपालले यसअघि दिएको कोभिशिल्ड खोप र चीनबाट आएको भेरोसेल खोप फरक छ । त्यसैले खोपका बारेमा स्वास्थ्यकर्मीलाई बुझाउने, लगाउने लक्षित वर्गको प्राथमिकीकरण निर्धारण गर्नुपर्ने हुन्छ । सबैलाई पुग्ने गरेर खोप छैन । यी सबै कुरालाई हेरेर तयारी भइरहेको छ ।

दोस्रो चरणको खोप अभियान अब बैशाख ७ गतेबाट सुरु गर्छाैँ । नेपालसँग भएको खोपबाट दोस्रो डोजको अभियान सुरु गर्छाैँ । नेपाल सरकारले आफैँले खरिद गरेको १० लाख जोड खोप आउने क्रममा छ । त्यो खोप आइसकेपछि पहिलो डोज लगाएका सबैलाई पुग्छ भन्ने योजना बनाएर काम गरिरहेका छौँ ।

खोप आउनुभन्दा अगाडि धेरै तयारी गरियो भने स्रोत साधन खेर जान्छ कि भन्ने कुरा थाहा हुँदैन । कोभिशिल्ड, भेरोसेल खोप लगाएको हो भनेर चिन्नेखालको कार्ड बनाउने र व्यवस्थापन एवं ढुवानी कसलाई दिने भनेर पहिचानजस्ता सामान्यभन्दा सामान्य कुुरा गर्नलाई थोरै समय लागेको हो । सम्बन्धित प्राविधिक टोलीले काम गर्दै हुनुहुन्छ ।

अघिल्लोपटक कोभिशिल्ड खोप भण्डारणमा छउञ्जेल अभियान चलाइयो । तर, भारतले खोप तत्काल दिन्नँ भनेपछि त्यो अभियान स्थगित भयो । चीनबाट आएको भेरोसेल खोप ८ लाख डोज एकैपटक दिने हो र ?

अहिले खोप उत्पादन कम र माग बढी भएकाले अहिले हाम्रो हातमा खोप कति छ, त्यही आधारमा योजना बनाउँछौँ । कोभिशिल्ड खोपको पहिलो डोजको अभियान माघ १४ गतेबाट सुरु गर्‍यौं । फागुन अन्तिमसम्म खोप अभियान सञ्चालन गरेका थियौँ ।

दोस्रो चरणको खोप अभियान अब बैशाख ७ गतेबाट सुरु गर्छाैँ । नेपालसँग भएको खोपबाट दोस्रो डोजको अभियान सुरु गर्छाैँ । नेपाल सरकारले आफैँले खरिद गरेको १० लाख जोड खोप आउने क्रममा छ । त्यो खोप आइसकेपछि पहिलो डोज लगाएका सबैलाई पुग्छ भन्ने योजना बनाएर काम गरिरहेका छौँ ।

कोभ्याक्स सुविधामार्फत नेपालले प्राप्त गर्ने भनेको खोप आउन किन ढिलाइ भइरहेको छ ?

कोभ्याक्स सुविधामार्फत संसारभरि समानुपातिक ढंगबाट पु¥याउने उद्देश्यले सुरु गरिएको हो । त्यसमा प्राथमिकता हेरेर निर्धारण गर्नुपर्ने हुन्छ । भनेको, नेपालमा फ्रन्टलाइनमा रहने व्यक्तिले एक डोज लगाइसकेका छन् । दोस्रो डोज लगाउने गरी नेपाल अगाडि बढिरहेको छ । तर, कतिपय देशहरूमा फ्रन्टलाइनमा रहने स्वास्थ्यकर्मीहरूले नै कोरोनाविरुद्धको खोप लगाउन पाएका छैनन् । त्यसैले कोभ्याक्सको प्राथमिकता पनि त्यहीअनुसार हुन्छ ।

भारतमा कोरोना संक्रमण उच्च विन्दूमा पुगेको एक महिनापछि नेपालमा पनि संक्रमण दर उच्च विन्दुमा पुगेको थियो । भारतमा संक्रमण दर बढ्दै जाने र नेपालमा जनस्वास्थ्यका मापदण्ड पालना नगर्ने क्रम बढ्दै गएको छ । यही हिसाबले नेपालमा संक्रमण दर बढ्न सक्छ भनेर प्राविधिकरुपमा विश्लेषण गरेकाले त्यहीअनुसार सरकारले कार्यहरूलाई अगाडि बढाएको छ ।

खोपका सन्र्दभमा हाम्रो समस्या यो–यो हो भनेर नेपालका तर्फबाट राखेका छौँ । कोभ्याक्सको संसारभरिको प्राथमिकतालाई पनि हामीले प्राविधिक आँखाबाट बुझिदिनुपर्छ । नेपालले कोभ्याक्ससँग कुरा राखेको छ । आशा गरौँ, चाँडै खोप नेपाल आइपुग्छ ।

कोरोनाको जोखिमका सम्बन्धमा कुरा गर्दा छिमेकी भारतमा कोरोना संक्रमण दर ह्वात्तै बढिरहेको अवस्था छ । सीमा नाकाहरुमा सरकारले कसरी सुरक्षा सर्तकता अपनाएको छ ?

छिमेकी मुलुक भारतका धेरै राष्ट्रमा कोरोना संक्रमण बढेको छ । सीमा नाकाहरुबाट मानिसको आवत–जावत हुनुका साथै पेशा व्यवसाय, श्रम र तीर्थयात्राका लागि धेरै भारतीयहरू नेपाल आउने गर्छन् ।

भारतमा कोरोना संक्रमण उच्च विन्दूमा पुगेको एक महिनापछि नेपालमा पनि संक्रमण दर उच्च विन्दुमा पुगेको थियो । भारतमा संक्रमण दर बढ्दै जाने र नेपालमा जनस्वास्थ्यका मापदण्ड पालना नगर्ने क्रम बढ्दै गएको छ । यही हिसाबले नेपालमा संक्रमण दर बढ्न सक्छ भनेर प्राविधिकरुपमा विश्लेषण गरेकाले त्यहीअनुसार सरकारले कार्यहरूलाई अगाडि बढाएको छ ।

 


 

स्थलमार्ग हुँदै प्रवेश गर्ने नाकाहरूलाई व्यवस्थित बनाएका छौँ ।  पहिला भारतबाट आउनेहरू सीमा नाकाको बाटो हुँदै नआएर चोरबाटो आए । नेपालमा कोरोना संक्रमण फैलन नदिनका लागि चोरबाटो बन्द भएको छ । स्थानीय तह, जिल्ला प्रशासनसँग समवन्य गरेर नाकाबाट प्रवेश गर्नेलाई कडाई गरिएको छ । अनौपचारिक रुपमा छिर्ने बाटाहरू बन्द गरेर औपचारिक रुपमै आउने बाटाहरूमा निगरानी गरिएको छ ।

स्थलमा मार्ग हुँदै आउनेमध्ये केहीमा संक्रमणको शंका लागेमा परीक्षण गरिन्छ । उताबाट आएका लक्षणसहितका संक्रमितलाई आइसोलेसनमा राख्ने व्यवस्था गरिएको छ । भारतबाट आउनेमा कोरोना संक्रमण पुष्टि भएमा छुट्टै सवारी साधनमार्फत आइसोलेसनमा लैजाने व्यवस्था गर्ने तयारी गरेका छौँ ।

अहिले सीमानाका व्यवस्थित गर्ने, नाकामा रहेका हेल्थ डेक्सहरूलाई व्यवस्थितरुपमा चलायमान गराउने, त्यहाँ रहेका स्वास्थ्यकर्मीलाई आवश्यक सामाग्री उपलब्ध गराउने, उताबाट आउनेलाई परीक्षण गराउने काम गरेका छौं । जनस्वास्थ्यका मापदण्ड पालना गर्न सिकाउने जस्तै– मास्कहरू उपलब्ध गराउने काम गरेका छौँ ।

हवाई मार्ग हुँदै आउने व्यक्तिहरूका लागि हेल्थ डेस्कलाई नियमितरुपमा सक्रिय बनाइएको छ । संक्रमण दर घटेर आवत–जावत गर्नेको संख्या कम हुँदा त्यहाँका कर्मचारी र चेकजाँचका लागि चाहिने सामग्री अन्य ठाउँमा व्यवस्थापन गरेका थियौं । पुनः संक्रमण सर्न नदिनका लागि कर्मचारी लगायत अन्य व्यवस्थापनलाई सक्रिय बनाएको छ ।

स्वास्थ्य मन्त्रालयले सीमा नाकामा निगरानी र कडाइ गरेका छौँ भनिरहँदा भारतबाट कोरोना संक्रमितहरु जनस्वास्थ्यका मापदण्ड नअपनाइकन सीधै गाउँगाउँमा कसरी पुगे त ?

सरकारले कोरोना संक्रमण दर बढ्न नदिनका लागि निकायमार्फत काम गरिरहेको छ । कोरोना संक्रमण फैलन नदिनका लागि प्रयासहरू हामीले पनि गर्नुपर्छ । भारतबाट आएका व्यक्ति संक्रमित हुँदाहुँदै गाउँगाउँ पुगेको अवस्था छ भने समुदाय नै सक्रिय हुनुपर्छ ।

कोरोना संक्रमणबारे झट्ट हेर्दा केही नहोला जस्तो लाग्ला तर, यसले कसलाई मृत्युको मुखमा पु¥याउँछ वा सघन उपचार कक्षमा पुग्नुपर्छ भन्ने थाहा हुँदैन । आफू जोगिन, आप्mनो परिवार, साथीभाइ र टोल समाजलाई जोगाउन जनस्वास्थ्यको मापदण्ड पालना गर्न अति आवश्यक छ ।

 


 

विदेशबाट नेपालमा प्रवेश गर्ने व्यक्ति जुनसुकै कामले आए पनि नेपालमा रहेका आफन्त अथवा पेशा व्यवसायसँग सम्वद्ध व्यक्तिले आफुसँग जोडिएका व्यक्तिलाई जोगाउन जसरी पनि अनिवार्यरुपमा सम्झाएर १० दिन क्वारेन्टिनमा बस्न लगाउनुपर्छ । भारत लगायत अन्य मुलुकबाट नेपाल आएका व्यक्ति अनिवार्यरुपमा क्वारेन्टिनमा बस्नुपर्छ ।

विदेशबाट आएका जो कोही १० दिनसम्म क्वारिन्टन बसेपछि शरीरमा कोरोना भाइरस भए पनि अन्य व्यक्तिलाई सर्दैन भनेर सम्झाएर, बुझाएर नतसाइकन अनिवार्यरुपमा बस्न लगाउनुपर्छ ।

कोभिड र नन्कोभिडका लागि छुट्टै अस्पतालहरू तोकेर विगतमा सेवा प्रवाह गरेका थियाैँ । विगतमा आइसोलेसन, होम आइसोलेसन र क्वारेन्टिनबाट भोगाइ र सिकाइका आधारमा गल्ती नदोहोर्‍याइकन अगाडि बढ्नेछौँ ।

साता दश दिनयता नेपालमा संक्रमितको संख्या बढ्दै गएको छ । भारतमा झैँ संक्रमण दर ह्वात्तै बढ्यो भने सरकारले कसरी व्यवस्थापन गर्छ ?

 ग्राफ हेर्दा नेपालमा संक्रमणको दर तल पुगेको थियो । पछिल्लो समय संक्रमितको ग्राफ विस्तारै बढ्दै गइरहेको जस्तो देखिन्छ । यसले के संकेत गर्छ भने छिमेकी मुलुकमा पनि संक्रमितको ग्राफ निकै तल गएपछि एक्कासी बढेर माथि पुग्यो । भारतमा संक्रमण उच्चतम विन्दुमा पुगेको एक महिनामा नेपाल पनि संक्रमण दर बढ्यो ।

विगतको अवस्थाको विश्लेषण गर्दा नेपालमा पनि कोरोना संक्रमणको दोस्रो लहर आउनेतर्फ इङ्गित गर्न थालेको हो कि भन्ने देखिन्छ ।

यद्यपि यसलाई रोकथाम गर्न सकिन्छ । यदि सावधानी अपनाउँदा अपनाउँदै संक्रमण बढ्दै गयो भने पहिलेभन्दा सबै सरोकारवाला व्यक्ति र संस्था कसरी सतर्कता अपनाउने र दर बढ्न नदिने भन्नेबारे जानकार छन् । स्वास्थ्य उपचार प्रणाली विकासका हिसाबले हेर्दा एक वर्ष अगाडि महामारी तिव्ररुपमा फैलँदाभन्दा तयारी र क्षमताको विकास भएको छ ।

विगतमा प्रयोगशाला एउटामात्रै थियो भने अहिले सरकारी प्रयोगशाला मात्रै ८४ वटा छन् । त्यसैले परीक्षणको दायरा बढाउन सक्छौँ । अस्पतालमा भएका बेड, आइसीयू, भेन्टिलेटर र हाइडिपेन्डेन्सी युनिटहरू विगतमा कम थिए । ती सुविधाहरू अहिले धेरै बढेको छ । कोभिड र नन्कोभिडका लागि छुट्टै अस्पतालहरू तोकेर विगतमा सेवा प्रवाह गरेका थियाैँ । विगतमा आइसोलेसन, होम आइसोलेसन र क्वारेन्टिनबाट भोगाइ र सिकाइका आधारमा गल्ती नदोहोर्‍याइकन अगाडि बढ्नेछौँ ।

सबै अस्पताल, प्रयोगशाला, सरोकारवालालाई सर्तक एवं तयारी अवस्थामा रहन मन्त्रालयल निर्देशन दिइसकेको छ । तर, सरकारले संक्रमण दर बढेर नागरिकलाई अस्पताल भर्ना हुने अवस्था नआओस् भन्नेतर्फ वर्तमान समयमा बढी ध्यान दिएको छ ।

 


 

विगतमा क्वारेन्टिन, आइसोलेसन र पीसीआर परीक्षण भद्रगोल हुँदा समूदायमा संक्रमण दर ह्वात्तै बढ्यो । यो गल्ती नदोहोर्‍याउन सरकारले कस्तो तयारी गरेको छ ?

पहिले क्वारेन्टिन, आइसोलेसन, परीक्षण लगायतका कुरालाई हेर्दा सुधार गर्नुपर्ने ठाउँहरू धेरै छन् । काम गर्ने क्रममा सुधार गर्नुपर्ने ठाउँहरू धेरै हुन्छन् । कोरोना भाइरस महामारीसँगको हाम्रो पुस्ताको भोगाइ चाहिँ यो पहिलो हो । सम्बन्धित विज्ञहरूले आफ्नो क्षेत्रमा काम गर्ने क्रममा पढेर, बुझेर जानेको र व्यवहारमा नेपालीहरूले भोगेको पहिलोपटक हो । यो संक्रमणसँग पढेर बुझ्ने र बुझाउने सीमित व्यक्तिहरू थिए ।

संक्रमण उच्च विन्दूमा पुग्यो । तर, हामीसँग भएका स्रोतसाधनको समायवधिहरू, संक्रमण भोगेका अन्य देशसँग तुलना गर्दा नेपालमा जनता र राज्यको प्रयासले धेरै ठूलो दरमा संक्रमण भएन । सरकारले आँकलन गरेअनुसार संक्रमण दर नेपालमा बढेन । यो भनिरहँदा जति क्षति भयो, हाम्रा लागि ठूलो हो । जसका घरमा संक्रमणकै कारण परिवारका सदस्य गुमाउन प¥यो, धनजनको क्षती भयो, त्यो त सतप्रतिशत क्षति हो ।

त्यसैले त्यस्तो अवस्था नआओस् भन्नका लागि विशेषतः नाकाबाट आउने–जाने व्यक्तिलाई  संक्रमणका बारेमा बुझाउने, व्यवस्थित गर्ने कुराहरूमा ध्यान दिएका छौँ ।  नाका हुँदै नेपाल प्रवेशलाई कोरोना संक्रमित भए–नभएको पत्ता लगाएर क्वारेन्टिन आइसोलेसनमा राख्नेतर्फ ध्यान दिएका छाँै ।

संक्रमण कसरी हुन्छ र संक्रमणले कस्तो प्रभाव पार्न सक्छ भन्नेबारे जसका घरमा संक्रमणले समस्या बनाएको छ, उनीहरूलाई संक्रमणका कथा–व्यथाहरू राम्रोसँग थाहा छ । जो संक्रमण भएर पनि लक्षणविहीन भएर निको भएका छन्, उनीहरूले हेलचेक्रयाइँ गरेर कोरोना संक्रमण केही होइन भनी सामान्यरुपमा लिँदा संक्रमण दर बढ्ने अवस्था आउँछ कि भन्ने एउटा डर छ ।

सरकारले जुनसुकै निर्णय गर्दा विज्ञहरूको सल्लाह सुझावअनुसार गरिरहेको थियो । विश्व स्वास्थ्य संगठनका सम्बन्धित विषयको प्राविधिकहरूसँग बसेर अन्तरराष्ट्रिय रुपमा भएका अध्ययन–प्रमाणहरूका आधारमा निर्देशिका बनाएर अगाडि बढेका थियाैँ । नेपालमा महामारी फैलने क्रम बढ्यो भने विश्वमा कोभिडका बारेमा आएका नयाँ प्रमाणका आधार निर्देशिका परिर्वतन त्यहीअनुसार भएको हो ।

यसअघि सरकारद्वारा कोरोना संक्रमण पहिचान, नियन्त्रण र उपचारका सन्दर्भका निर्देशिकाहरू परिवर्तन भइरहँदा जनता अन्योल परे भनेर जनस्वास्थ्यविद् लगायत जनताले आलोचना गरे, यसलाई कसरी लिनुहुन्छ ?

कोरोना भाइरस कोभिड—१९ जब पहिचान भयो, संसारका लागि नयाँ थियो । विश्वले स्रोत साधन जुटाएर अध्ययन गरिरहेको थियो । मन्त्रालयले सुरुवाती चरणदेखि नै संसारमा भएका अध्ययनका आधारमा निर्णय लिने र त्यसका आधारमा काम गर्ने गर्‍यौं । नेपालमा विज्ञहरूको सल्लाह परामर्शका आधारमा निर्देशिका बनाइएको हो । यो नितान्त नयाँ रोग भएकाले धेरै कुराहरू समयानुकुल, नयाँ प्रमाण  आउने र नयाँ खोजहरू पत्ता लगाउँदै जाने क्रम जारी छ । त्यसका आधारमा परिष्कृत गर्दै अगाडि जानुपर्ने अवस्था हुनु स्वभाविक हो ।

सरकारले जुनसुकै निर्णय गर्दा विज्ञहरूको सल्लाह सुझावअनुसार गरिरहेको थियो । विश्व स्वास्थ्य संगठनका सम्बन्धित विषयको प्राविधिकहरूसँग बसेर अन्तरराष्ट्रिय रुपमा भएका अध्ययन–प्रमाणहरूका आधारमा निर्देशिका बनाएर अगाडि बढेका थियाैँ । नेपालमा महामारी फैलने क्रम बढ्यो भने विश्वमा कोभिडका बारेमा आएका नयाँ प्रमाणका आधार निर्देशिका परिर्वतन त्यहीअनुसार भएको हो ।

जनमानसमा सरकारले गरेका निर्णय स्थिर हुनुपर्छ भन्ने धारणा भयो । संक्रामक रोगको निर्देशिका समय क्रमअनुसार परिष्कृत हुँदै जान्छ । र, त्यहीअनुसार निर्देशिका बनाउने हो । अहिले कोभिडका बारेमा धेरैलाई थाहा छ । तुलनात्मकरुपमा एक वर्षअघिको कोरोना संक्रमण सम्बन्धी निर्देशिका अब स्थिर हुन्छ ।

कोभिडको सन्दर्भका संसारमा कोही पनि विज्ञ थिएन । महामारीको एक वर्षको दौरानमा धेरै अध्ययन हुँदै जाँदा, काम गर्दै जाँदा विज्ञ भएका हुन् । सुरुमा आएको अध्ययन प्रमाणलाई लिएर कसले चाँडो गर्छ भन्ने हिसाबमा सरकार अघि बढ्ने हो कि अन्य देशले काम गरेका आधारमा अघि बढ्ने भन्ने कुराको दौड जहिले पनि रहन्छ ।

 


 

महामारीमा धेरै भ्रमहरू आउन सक्छन् । ती भ्रमहरू नआउन् भन्नका लागि काम गर्ने हो । किनभने सरकार जवाफदेही र उत्तरदायी हुनुपर्छ । तर, नेपालका सन्र्दभमा महामारीको समयमा विज्ञ भनेर जन्मने क्रम धेरै भयो ।

महामारी नियन्त्रण गर्न सरकार कुन–कुन ठाउँमा चुक्यो ? पुनः नेपालमा संक्रमणको दोस्रो लहर आयो भने विगतबाट के पाठ सिक्नुपर्छ जस्तो लाग्छ ?

सुधार्ने ठाउँहरू जहिले पनि धेरै हुन्छन् । सुधारबिना हामी कहिल्यै पनि अगाडि बढ्न सक्दैनौँ । एक वर्षमा गरेका काम त्यो भन्दा राम्रो गर्न सकिन्थ्यो होला । विविध कारणहरूले गर्न सकेनौँ । तिनै कुराहरूमा अबका दिनमा परिष्कृत तरिकाले अगाडि बढ्ने काम गछौँ ।

सुधार गर्नुपर्ने मध्ये पहिलो कोरोना संक्रमणबारे फैलिएको भ्रम थियो । ती भ्रमहरूलाई चिर्न, पत्ता लगाउन, बुझाउन अझ धेरै गर्न सक्थ्यौँ ।

अर्को कुरा, महामारीका बेला एकजना व्यक्ति पदाधिकारी, विषयगत मन्त्रालय, अस्पताल र व्यक्ति विशेषको मात्र जिम्मेवारी पनि हुँदैन, सबैको जिम्मेवारी हुन्छ । महामारीको प्रतिकार्यमा सबैलाई एकै ठाउँ ल्याउन सकिए योभन्दा राम्रो गर्न सकिन्थ्यो । अझै  क्वारेन्टिनलाई अझै राम्रो बनाउन सकिन्थ्यो । त्यहाँनेर हामी कहीँ कतै चुक्यौँ । अथवा, सोचेअनुसार गर्न सकिएन ।

कम स्रोत साधनका बावजुद पनि काम गरेका थियाैँ । अब अस्पतालहरूको क्षमता एकदमै विकास गरेर लैजानुपर्छ । देशको स्वास्थ्य प्रणालीका धेरै ठूलो परिर्वतन नगरेसम्म देशमा ठूलो समस्या समाधान गर्न नसकिने रहेछ भन्ने कुरा एक वर्षमा थाहा भयो । अघिल्लो महामारीबाट सिकेका कुरालाई अब संस्थागत गर्दै लैजाने हो ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.