शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरी हुँ भन्दै रकम असुल गर्ने दुईजना पक्राउ

बिहीबार, १९ चैत २०७७, २१ : ५७
बिहीबार, १९ चैत २०७७

कैलाली । प्रहरी हुँ भन्दै व्यवसायीहरूसँग पैसा माग गर्ने दुई जनालाई प्रहरीले धनगढीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका–५ बस्ने वर्ष २३ को वीरेन्द्र सिंह र धनगढी उपमहानगरपालिका–२ बस्ने वर्ष २५ का पारस मल्ल रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका सहप्रवक्ता एवं प्रहरी निरीक्षक हिक्मत बहादुर थापाले रातोपाटीलाई जानकारी दिए ।

कैलाली जिल्लाका विभिन्न स्थानमा पुगेर उनीहरुले आफूलाई ‘सादा पोसाकमा खटिएको प्रहरी’ भन्दै पैसा माग गरिरहेको सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटेको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गर्न सफल भएको उनले बताए ।

उनीहरुको साथबाट धनगढी उपमहानगरपालिका–८ स्थित व्यापारीबाट असुल गरेको ५ हजार रकमसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक थापाका अनुसार उनीहरुले अन्य स्थानबाट समेत यसरी रकम असुलेको हुन सक्ने भएकाले थप अनुसन्धान सुरु गरिएको छ । उनले यसप्रकारको ठगीबाट कोही पीडित भएमा जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्नसमेत अनुरोध गरेका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप