शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एएफसीका अध्यक्ष खालिफा नेपालमा

मङ्गलबार, २४ असोज २०७४, १६ : ०४
मङ्गलबार, २४ असोज २०७४

काठमाडौँ - एशियाली फुटबल महासंघ ९एएफसी०का अध्यक्ष शेख सल्मान बिन इब्राहिम अल खालिफा आज नेपाल आउनुभएको छ । 

दुईदिने भ्रमणका लागि अध्यक्ष खालिफासँगै एएफसीका अन्य पदाधिकारी पनि नेपाल आउनुभएको छ । उहाँहरुलाई अखिल नेपाल फुटबल संघका अध्यक्ष नरेन्द्र श्रेष्ठ, उपाध्यक्ष मणि कुँवर, महासचिव धीरेन्द्र प्रधान, प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरलगायतले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयो । 

अध्यक्ष खालिफाले बुधबार एन्फा हाउसमा अध्यक्ष श्रेष्ठसँग बैठक गर्ने कार्यक्रम रहेको एन्फाले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप