बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बिग बोस ११ः गेट खुल्ला देखेर घरबाट भागिरहेका थिए यी प्रतिस्पर्धी, पक्राउ

मङ्गलबार, २४ असोज २०७४, १५ : ३७
मङ्गलबार, २४ असोज २०७४

बिग बोसको यो संस्करणमा जे भइरहेको छ, त्यो सायद पहिले कहिले पनि भएको थिएन । शो सुरु भएको १० दिन भयो । यसबाट दुई प्रतिस्पर्धी बाहिरिसकेका छन् । यीमध्ये एक हुन् प्रियांक शर्मा र दोस्रो जुबैर खान । अब खबर यो आइरहेको छ कि एक प्रतिस्पर्धी घरबाट भाग्ने कोसिस गरिरहेका बेला पक्राउ परेका छन् ।

मिडिया रिपोर्टका अनुसार विकास गुप्ता एक गेट खुल्ला देखेर घरबाट भागेका थिए । कार्यक्रमका निर्माण पक्षको गल्तीका कारण बिग बोसको घरको एउटा गेट खुल्ला रहेको बताइएको छ । जब विकासले खुल्ला गेट देखे तब त्यहाँबाट तुरुन्त भागे । यद्यपी, केही समयपछि नै उनलाई पक्राउ गरेर फिर्ता ल्याइयो । तर घरबाट भागेर उनले बिग बोसको घरको नियम तोडे त्यसकारण उनलाई सजायँ दिइयो ।

यसअघि उनको हिना खानसँग निकै झगडा भएको बताइएको छ । यसबाट घरका अन्य सदस्य पनि तनावमा थिए र विकास पनि निकै उदास थिए । यस्तोमा जब उनले खुल्ला गेट देखे, तब भाग्ने मौका खेर जान दिएनन् ।

हुन त जबदेखि विकास घरमा प्रवेश भएका छन् हरेक झगडामा कुनै न कुनै कारणले संलग्न छन् । शिल्पा शिन्देदेखि अर्शी खान र आकाश ददलानीसम्म उनको हरेक सदस्यसँग बहस भइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप