बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाललाई खोप दिएपछि चीनले भन्यो, ‘राष्ट्रपति सीको बचन पूरा गर्न प्रतिबद्ध छौं’

सोमबार, १६ चैत २०७७, १३ : ३४
सोमबार, १६ चैत २०७७

चीन सरकारले नेपाललाई अनुदान सहयोगमा दिएको कोरोनाविरुद्धको ८ लाख डोज सोमबार बिहान काठमाडौं आइपुगेको छ । यो अवसरमा नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले आफूहरु राष्ट्रपतिको बचन पूरा गर्नका लागि प्रतिबद्ध भएको बताएकी छिन् । साथै, भ्याक्सिनको यो खेपमा चिनियाँ जनताको नेपाली जनताप्रति गहिरो मैत्रिपूर्ण भावना समेटिएको बताएकी छिन् ।

उनले भनेकी छिन्, ‘यो दुई व्यक्तिको एकजुटताको अर्को एउटा ठोस् प्रमाण हो जसले एक अर्कालाई विषम परिस्थितिमा सहयोग गर्ने गर्छन् । यस्तै, यसले चीन–नेपाल रणनीतिक सहकारी साझेदारीको उच्च प्रदर्शनसमेत गर्दछ ।’

यो क्रममा हाउ यान्छीले राष्ट्रपति शी जिनपिङले गरेको बाचा पनि सम्झिएकी छिन् । यान्छीका अनुसार जिनपिङले चीनमा उत्पादन गरिएको भ्याक्सिन उपलब्ध हुने बित्तिकै विकासशील राष्ट्रलाई प्रदान गरिने बचन दिएका थिए । उनी भन्छिन्, ‘हामी राष्ट्रपति शीको बचन पूरा गर्न प्रतिबद्ध छौं । महामारीविरुद्ध अन्तरराष्ट्रिय सहयोगको सक्रिय सञ्चालनका निमित्त अन्तरराष्ट्रिय खोप अभियानलाई प्रोत्साहित गर्नका लागि एक प्रतिबद्ध फ्रन्ट–रनरको रुपमा काम गर्दै सबैका लागि समान खोप वितरणमा हाम्रो प्रतिबद्धता छ । ’

चीनले नेपाललगायत अन्य ८० देशमा कोभिड–१९ को भ्याक्सिन अनुदान स्वरुप दिनेछ । तत्कालका लागि चीनले ४३ देशलाई खोप निर्यात गर्दैछ । हाउ यान्छीले भनिन्, ‘चीनले कोभ्याक्ससँग पनि सहकार्य गरेको छ । यसमार्फत् चीनले सुरुवाती चरणमा १ करोड डोज विकाशशील राष्ट्रलाई प्रदान गर्नेछ ।’

यसपटकको खेप सिनोफार्मले उत्पादन गरेको हो । उनले भनिन्, ‘यो खोप ८० प्रतिशत बढी प्रभावशाली छ । यसको एन्टीबडीलाई निष्क्रिय गर्ने सकारात्मक रुपान्तरण दर ९९.५२ प्रतिशत रहेको । साथै यो गम्भीर मामिलालाई रोक्न शत प्रतिशत प्रभावकारी छ ।’

हाउ यान्छीका अनुसार १० करोड बढी चिनियाँ भ्याक्सिन घरेलु तथा अन्तरराष्ट्रिय स्तरमा प्रयोग भइसकेका छन् । 

हाउ यान्छी भन्छिन्, ‘नेपालले दोस्रो लहरको कोरोना संक्रमण रोक्नका लागि आवश्यक उपाय अपनाइरहेको छ । यो खेपले नेपाल सरकारको खोप अभियानमा सहयोग गरी महामारीमाथि नियन्त्रण पाउन र देशको अर्थतन्त्रलाई उकास्न मद्दत गर्ने कुरामा हामी आशावादी छौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप